तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने « Khabarhub

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली चलचित्र ‘वरिष्ठ बलराम’प्रदर्शन हुने भएको छ । चलचित्रमा रङ्गमञ्चमा गुरूचेलाका रुपमा परिचित अभिनेता दयाहाङ राई र अभिनेता विजय बरालले पहिलोपटक समान्तर भूमिका निर्वाह गरेका छन् । यसअगाडि यी दुई जनाले सँगै अभिनय नगरेका होइन, तर ती पटकथामा अभिनेता राई मुख्य र अभिनेता बराल सहायक भूमिकामा हुन्थे ।

यस चलचित्रमा आफ्नो आवरणमा पनि भिन्नता ल्याउने प्रयत्न गरेको अभिनेता राईले बताए । उनले भने, “पछिल्लो समय दर्शकले मलाई प्रायः ग्रामीण भेगको युवाका रुपमा देख्ने गर्नुभएको छ । यसपटक ग्रामीण भेगमा सहरिया आवरण मैले पाएको छु । मलाई चलचित्रमा काम गर्ने प्रस्ताव आउँदा यो सोचेको थिइनँ, तर आफ्नो पात्रलाई भिन्न बनाउने काम गर्दा यो तयार भयो ।”

उनले चलचित्रमा निर्माण व्यवसायीको भूमिका निर्वाह गरेका छन्। वरिष्ठ बनेर आफ्नो हैकम चलाउने भूमिका निर्वाह गर्नुभएका अभिनेता राईसँग उक्त पात्र केही कुरामा समान छैन । रङ्गमञ्च हुँदै चलचित्रमा अभिनेता बनेका अभिनेता राईको विशेषता नै सरलता हो ।

“कलाकारिताको सुन्दर पक्ष भनेकै विभिन्न जीवन बाँच्न पाइन्छ । मैले यस चलचित्रमा निर्वाह गरेको भूमिकाको कुनै पक्ष मसँग जोडिएको छैन, तर समयका विभिन्न कालखण्डले यस्ता पात्रसँग साक्षात्कार भने गराएको छ । त्यही अनुभव र निर्देशकको सोचले पात्रलाई तयार गरेको हुँ ।”

उनले आफ्नो भूमिकाले के गर्न हुन्छ रु नकारात्मक काम गर्दाको परिणाम के हुन्छ ? भन्ने जस्ता तथ्यलाई प्रस्ट्याउने बताए । स्थापित र उदाउँदो व्यक्तिबीचको सङ्घर्षको कथावस्तुमा आधारित रहेको चलचित्र ‘वरिष्ठ बलराम’मा अभिनेताद्वय राई र बरालसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी र प्रदीपकुमार चौधरी ९पिके० लगायत कलाकारले अभिनय गरेका छन् ।

अभिनेता बरालले आफूले यसपटक काम गर्दा भिन्नता महसुस गरेको बताए । उनले भने, “यस वर्ष चलचित्रलाई काँधमा बोक्नेदेखि समान्तर भूमिका गर्नेसम्मको अनुभव बटुलिरहेको छु । तर, म कलाकार हुँ । मैले आफूले पाएको पात्रलाई जीवन्त बनाउने दायित्वमा हिजो र आजमा कुनै भिन्नता ल्याएको छैन । चलचित्रको व्यावसायिक सफलताले यसपटक म अग्रपङ्क्तिमा छु ।”

यस चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको उक्त चलचित्रको पटकथा महेश दवाडीले तयार गरेका हुन् ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १० : ४३ बजे

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका