देवघाटधाममा शतबीज छर्नेको घुइँचो « Khabarhub

देवघाटधाममा शतबीज छर्नेको घुइँचो


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तनहुँ– पितृ उद्धारको कामना गर्दै देवघाटमा शतबीज छर्नेको घुइँचो लागेको छ । मङ्गलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले शतबीज छरेका हुन् ।

देवघाटमा गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौंलगायत स्थानबाट छतबीज छर्न आएका हुन् । शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास रहेकाले देवघाटधाम आएको बन्दीपुर गाउँपालिका–४ निवासी टिकाराम पनेरुले बताए ।

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीका दिन जौ, धान, कालो तिल, गहुँ, तोरी, मास, केराउ, लावा, मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रूपमा छर्ने गरिन्छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ७ : ३५ बजे

केपी ओलीलाई ईश्वर पोखरेलको सन्देश : एक्लिन तयार छु, अब पछि हट्दिनँ

काठमाडौं- २०७८ साल मंसिर १० गते चितवनमा भएको दशौँ महाधिवेशनबाट

पशुपति क्षेत्रलगायत पवित्र तीर्थस्थलमा शतबीज छर्नेहरूको भीड (तस्बिर)

काठमाडौं– हरेक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने बाला चतुर्दशी

मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल हुने

जनकपुरधाम– मधेश प्रदेशसभाको बैठक आज बस्दैछ । उपसभामुख बबिता राउत

गहुँ छर्ने समयमा किसानलाई मल अभाव

कैलाली– कैलालीको घोडाघोडी नगरपालिका– ३ की काजल चौधरी सहकारी संस्थामा

देवघाटधाममा शतबीज छर्नेको घुइँचो

तनहुँ– पितृ उद्धारको कामना गर्दै देवघाटमा शतबीज छर्नेको घुइँचो लागेको