मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल हुने « Khabarhub

मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल हुने


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशसभाको बैठक आज बस्दैछ । उपसभामुख बबिता राउत इसरको निर्देशनमा प्रदेशसभा सचिवालयले आज दिउँसो १ बजेका लागि बैठक बोलाएको हो ।

आजको बैठकमा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलमाथि दर्ता भएको महाअभियोगमाथि छलफल हुने बताइएको छ ।

मधेस प्रदेशसभा सञ्चालनका लागि मङ्गलबार एमालेबाहेक विभिन्न पार्टीका मधेस प्रदेशसभाका ३२ जना प्रदेशसभा सदस्यहरूले उपसभामुख इसरसमक्ष बैठक आह्वानको माग गरेका थिए ।

प्रदेशसभा नियमावलीमा प्रदेशसभाका २५ प्रतिशत सदस्यले बैठक बोलाउन माग गरेमा बैठक बोलाउनुपर्ने कानूनी व्यवस्था छ ।

गत कात्तिक २७ गते मधेश प्रदेश सभामा सात दलीय गठबन्धनका ७४ जना प्रदेश सांसदले सभामुख मण्डलविरुद्ध पद अनुकुल आचरण नगरेको भन्दै महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ८ : ०७ बजे

यूएईको अमेरिकी सैन्य अड्डामा मिसाइल र ड्रोन आक्रमण, इरानको शिराजस्थित आवासीय क्षेत्रमा बमबारी

तेहरान-इरानको फार्स प्रान्तको राजधानी शिराजस्थित आवासीय क्षेत्रमा अमेरिका र इजरायलले

सरकारले ८ महिनामा गर्यो लक्ष्यको ५० प्रतिशत आम्दानी

काठमाडौं– सरकारले चालु आर्थिक वर्षमा ८ महिनामा वार्षिक लक्ष्यको ५०.८०

हुरीका कारण झापामा केराखेतीमा क्षति

झापा– तीन दिनदेखिको हुरीका कारण झापा गाउँपालिका–७ का किसानचन्द्र बस्नेतको

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड

अमेरिकाविरुद्ध लड्न रुसले इरानलाई ड्रोन दिएको दाबी

मस्को- युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले अमेरिकाविरुद्ध लड्न रूसले इरानलाई ड्रोन