मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल हुने « Khabarhub

मधेश प्रदेशसभा बैठक बस्दै, सभामुखविरुद्धको महाअभियोगमाथि छलफल हुने


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशसभाको बैठक आज बस्दैछ । उपसभामुख बबिता राउत इसरको निर्देशनमा प्रदेशसभा सचिवालयले आज दिउँसो १ बजेका लागि बैठक बोलाएको हो ।

आजको बैठकमा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलमाथि दर्ता भएको महाअभियोगमाथि छलफल हुने बताइएको छ ।

मधेस प्रदेशसभा सञ्चालनका लागि मङ्गलबार एमालेबाहेक विभिन्न पार्टीका मधेस प्रदेशसभाका ३२ जना प्रदेशसभा सदस्यहरूले उपसभामुख इसरसमक्ष बैठक आह्वानको माग गरेका थिए ।

प्रदेशसभा नियमावलीमा प्रदेशसभाका २५ प्रतिशत सदस्यले बैठक बोलाउन माग गरेमा बैठक बोलाउनुपर्ने कानूनी व्यवस्था छ ।

गत कात्तिक २७ गते मधेश प्रदेश सभामा सात दलीय गठबन्धनका ७४ जना प्रदेश सांसदले सभामुख मण्डलविरुद्ध पद अनुकुल आचरण नगरेको भन्दै महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ८ : ०७ बजे

रविलाई पार्टी कार्यालयमा स्वागत, घण्टी बजाएर गरे सम्बोधन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका