दोलखाकाे मिर्गेमा भालु आतंक, नियन्त्रण टोली खटाइँदै « Khabarhub

दोलखाकाे मिर्गेमा भालु आतंक, नियन्त्रण टोली खटाइँदै


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

दोलखा- पछिल्लो केही दिनदेखि दोलखाको वैतेश्वर गाउँपालिका र जिरी नगरपालिकामा जंगली जनावर भालु आतंकसँगै आक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय दोलखाले बुधबारदेखि सुरक्षाकर्मी सहित नियन्त्रण टोली खटाउने भएको छ ।

मंगलबार वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिमाल, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख ज्ञानकुमार महतो, डिभिजन बन कार्यालय दोलखाका प्रमुख अनिल रेग्मी, वैतेश्वर-३ का वडा अध्यक्ष कमल अधिकारीको उपस्थितिमा संयुक्त छलफलले सुरक्षाकर्मी, वन अधिकृत र स्थानीय तहका जनप्रतिनिधिको टोलीले भालु आतंक तथा जोखिम क्षेत्रमा गएर भालु बस्ने स्थलको स्थलगत अध्ययन अनुगमन तथा नियन्त्रणको प्रयास गरिने डिभिजन बन कार्यालयका प्रमुख अनिल रेग्मीले बताए ।

जिल्लाको जिरी नगरपालिका र वैतेश्वर गाउँपालिकामा दिनहुँ भालु भेटिन थालेपछि स्थानीय त्रसित बनेका हुन । अघिल्लो महिना भालुको आक्रमणबाट वैतेश्वर गाउँपालिका-३ ठाडेमा एक जना पुरुषको मृत्यु भएको थियो।सोही अवधिमा वैतेश्वर मिर्गेसगै सिमाना जोडिएको जिरी निगालेमा ४ जना भालुको आक्रमणमा परेर घाइते हुन पुगेका थिए।

गत वर्षहरूमा जिल्लाको गौरीशंकर गाउँपालिकाको माथिल्लो लेक क्षेत्रमा फाट्टफुट्ट देखिने जंगली जनावर भालु हिजोआज लेकका वन जङ्गल छाडेर औल झर्दै स्थानीयलाई आक्रमण गर्दै बालीनालीमा क्षति गर्दै आएको स्थानीय पुष्कर कुमार दाहालले बताए ।

दाहालले आइतबार बिहान स्थानीय पातलेको ओडारे खोलामा बच्चा सहितको भालु देखेपछि गाउँमा त्रास बढेको जानकारी दिए ।

उक्त टोलीले भालु आतंक र जोखिम क्षेत्रमा पुगेर नियन्त्रणको लागि अध्ययन तथा अनुगमन गरेर भालु हिँड्ने बाटो र जोखिम क्षेत्रमा क्यामेरा राख्ने समेत छलफलले निर्णय गरेको छ ।

पहाडी  तथा लेकमा पाइने भालु तराई र हिमालमा पाइने भन्दा बढी हिंस्रक र ठुलो हुन्छ।शारीरिक बनावट ठुलो हुने भएकाले यस क्षेत्रमा पाइने भालुलाई बढी आहार तथा चरण चाहिने गर्छ। उक्त भालु लेक वेशी डुल्ने गर्छ । 

सोही अनुसार चरण चारो र आहारको खोजीमा औलका बन जङ्गल झरेको सवडिभिजन बन कार्यालय जिरीका बन रेन्जर प्रमोद कुमार आग्रीले बताए।

लेकमा भालुले प्राप्त आहार भोजन नपुगेको कारण आहारको खोजीमा तल्लो क्षेत्रमा भालु देखिन थालेको उनले बताए । 

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ९ : २८ बजे

मतदानका लागि आफ्नो क्षेत्र फर्किँदै मतदाता (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब २ दिनमात्र बाँकी रहेको

रवि लामिछानेको फेसबुक ह्याक, सचिवालय भन्छ- पुनः सञ्चालनको प्रयास जारी छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको