बागमती प्रदेशमा पुँजीगत खर्च निराशाजनक « Khabarhub

बागमती प्रदेशमा पुँजीगत खर्च निराशाजनक


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशको पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि हुन सकेको छैन । चालु आर्थिक वर्षको प्रथम चार महिनामा कुल बजेटको सात दशमलव २७ प्रतिशत मात्र खर्च भएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएकामा चार महिनामा कुल बजेटको सात दशमलव २७ प्रतिशत अर्थात् चार अर्ब ९० करोड ३५ लाख ८६ हजार खर्च भएको छ ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेशसभा सचिवालयले २७ प्रतिशत, प्रदेश लोकसेवा आयोगले २० दशमलव ९२ प्रतिशत, मुख्य न्यायाधिवक्ताको कार्यालयले १८ प्रतिशत, प्रदेश नीति तथा योजना आयोगले १६ दशमलव ९१ प्रतिशत खर्च गरेका छन् ।

यस्तै, श्रम, रोजगार तथा यातायात मन्त्रालयले १६ दशमलव ६३ प्रतिशत र स्वास्थ्य मन्त्रालयले १६ दशमलव ३७ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम संस्कृति तथा पर्यटन मन्त्रालयले एक दशमलव १४ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : ४६ बजे

ऐश्वर्या रायले रजनीकान्तको प्रस्ताव अस्वीकार गरेपछि…

 काठमाडौं – सुपरस्टार रजनीकान्तको करिअरमा ५० करोड रुपैयाँभन्दा बढी कमाइ गर्ने

पुस १ गतेदेखि बाघ गणना गरिँदै

चितवन– अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको

जेन-जीका नाममा जलाइएको संसद् भवन पुगिन् पूर्वराष्ट्रपति (तस्बिरहरू)

काठमाडौं- पूर्वराष्ट्रपति विद्या भण्डारीले बिहीबार मध्याह्न नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा

म्याग्दीको बास्कुना ‘एफएम भिलेज’मा रूपान्तरण

म्याग्दी– बेनी नगरपालिका–४ बास्कुना ‘एफएम भिलेज’ ‘फ्रुट’(फलफूल) र ‘मिल्क’ दूध

एकनाले भरुवा बन्दुक बरामद

कैलाली– भजनी नगरपालिका-९ गन्जहुवास्थित सरस्वती सामुदायिक वनबाट एकनाले भरुवा बन्दुक १ थान