आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर ३ गते बुधबार। मंसिर कृष्ण पक्षको चतुर्दशी तिथि। बाला चतुर्दशी व्रत । तदनुसार सन् २०२५ नोभेम्बर १९ तारिख। शतबीज छर्ने दिन । विश्व शौचालय दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष  : दिन राम्रो छ । सम्पत्तिको सदुपयोग गर्नुहोला । आफूभन्दा ठूलाबाट सहयोग प्राप्त हुनेछ। शिक्षा स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

वृष  : दिन सामान्य राम्रो छ । जग्गा सम्बन्धी कारोबारमा घाटा हुनेछ । व्यक्तिगत लगानीबाट नाफा हुनेछ । शिक्षामा थप मिहिनेत गर्नु उचित हुन्छ । परिवारको साथ सहयोग मिल्नेछ ।  

मिथुन  : दिन राम्रो छ । राजनीतिमा बढुवा हुनेछ । समाजमा तपाईंको कामको चर्चा हुनेछ । स्वदेशमा भन्दा विदेशी रमझमले मन आकर्षित गर्नेछ । लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ ।

कर्कट  :  दिन सामान्य छ । थोरै बोलेर अघि बढ्नुपर्ने दिन छ । राम्रै बोले पनि नराम्रो सुनिन सक्छ । राजनीति र सामाजिक क्षेत्रमा घाटा हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्ने देखिन्छ ।

सिंह  : दिन राम्रो छ। शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । साथी र आफन्तसँग गोपनीयता कायम राख्नु उचित हुन्छ । नजिकैको धार्मिक यात्रा तय हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या  : दिन राम्रो छ । अरुको विवादले तपाईंलाई फाइदा हुनेछ । स्वास्थ्यमा लाभ मिल्नेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । धार्मिक क्षेत्रमा मन जानेछ । परिवारको साथमा रमाइलो गर्ने दिन छ ।

तुला  : दिन राम्रो छ । स्वास्थ्य, शिक्षामा प्रगति हुनेछ । लगानीको क्षेत्रमा जोश र जाँगर बढ्नेछ। कृषि र जग्गा सम्बन्धी कारोबारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला ।

वृश्चिक  : दिन सामान्य छ । विरोधी सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने दिन छ । हरेक काममा परिवारको साथ सहयोग मिल्नेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ ।

धनु  : दिन राम्रो छ । तपाईंलाई सहयोग गर्ने साथी बढ्नेछन् । उपचारमा भए स्वास्थ्यमा लाभ हुने दिन छ । परिवारको साथमा नजिकैको रमाइलो यात्रा तय हुनेछ । अग्रजको सुझावमा गरेको काम सफल बन्नेछ ।

मकर  : दिन राम्रो छ । सोचेका काम बन्नेछन् । हराएका सामान भेटिने सम्भावना छ । संकटमा साथीको साथ मिल्नेछ । परिवारसँगको सम्बन्धमा सुधार आउने छ ।

कुम्भ  : दिन राम्रो छ । व्यापारमा महत्त्वपूर्ण निर्णय हुनेछ । विश्वास गरेको पात्रले साथ दिनेछन् । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ ।

मीन  : दिन सामान्य छ । शत्रु बढ्नेछन् । तपाईंबाट फाइदा लिन खोज्ने सक्रिय छन् । खानामा अरुची बढ्नेछ । परिवारमा मेलमिलाप हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ५ : ०७ बजे

समाजवादी व्यवस्थाले वर्तमान समस्या समाधान गर्न सक्छः बिजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले समाजवादी

झण्डा जलाएर रास्वपाले आफ्नो अभद्रता देखायो : ओली

बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने सात चालक नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने

मुलुकका सबै समस्या समाधान गर्न नेकपा सक्षम छ : झलनाथ खनाल

काठमाडौं – पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ