काठमाण्डु र सुदूरपश्चिम भिड्दै : करण र दीपेन्द्रको कुन टिम कति बलियो ? « Khabarhub

काठमाण्डु र सुदूरपश्चिम भिड्दै : करण र दीपेन्द्रको कुन टिम कति बलियो ?


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


729
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । सोमबारको उद्घाटन खेलमा साविक विजेता जनकपुरलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको काठमाडौं उच्च मनोबलका साथ दोस्रो खेलमा सहभागी हुनेछ । साविक उपविजेता सुदूरपश्चिमसँगको खेल काठमाण्डुका लागि महत्त्वपूर्ण बन्नेछ । सुदूरपश्चिमसमेत विजयी सुरुवात गर्दै अंक जोड्न चाहन्छ ।

काठमाण्डु र सुदूरपश्चिम खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । काठमाण्डुका कप्तान करण केसी हुन् भने सुदूरपश्चिमको नेतृत्व अलराउन्डर दीपेन्द्रसिंह ऐरीले गरेका छन् ।

काठमाण्डुको शक्ति

विजयी सुरुवात गरेको काठमाण्डुको आत्मबल दोस्रो खेलमा सबैभन्दा ठुलो हतियार हो । साविक विजेता जनकपुरलाई हराएर दुई अंक जोडेको काठमाण्डु आज उत्साहका साथ मैदानमा हुनेछ । यो टिमले नेपाली राष्ट्रिय टिमका पूर्वमुख्य प्रशिक्षक मोन्टी देसाइसँग प्रशिक्षणको अवसर पाएको छ।

नामिबियाका कप्तान जेरार्ड एरासमससँगै केही महत्त्वपूर्ण विदेशी खेलाडी काठमाण्डुले ल्याएको छ। इंग्ल्याण्डका जोन सिम्पसन, बेन चाल्र्सवर्थ, दक्षिण अफ्रिकाका रिकार्डो भासक्नसेलोस, अमेरिका मिलिन्द कुमार र भारतका सन्नी पटेल काठमाण्डुका विदेशी खम्बा हुन्। पहिलो खेलमा मिलिन्द कुमारको प्रदर्शनले काठमाण्डुमा उत्साह भरेको छ ।

काठमाण्डुको कप्तानी करणले गर्दा उनलाई मोहम्मद आदिल आलम, रशिद खान, भीम सार्की, आकाश त्रिपाठी, उत्तम मगर, सन्तोष यादव, प्रतिक श्रेष्ठले साथ दिँदैछन् ।

काठमाण्डुको बलिङ लाइनमा कप्तान केसीसँगै शाहव आलम, दीपेश कँडेल, नटराजन शाह र तुलबहादुर थापाको जादु देखिने छ। कान्तिपुर मिडिया ग्रुपको लगानी रहेको टिम भएकाले यसमा धेरैको चासो देखिन्छ।

सुदूरपश्चिमको शान दीपेन्द्र

सुदूरपश्चिम अघिल्लो अर्थात् एनपीएल पहिलो सिजनको उपविजेता टोली हो। सुदूरपश्चिम पहिलो सिजन फाइनलमा जनकपुरसँग पराजित भएको थियो । अघिल्लो सिजनमा भित्र्याएका न्यूजिल्याण्डका बलिङ अलराउन्डर स्कट कुगेइलिन र अमेरिकाका हर्मित सिंहलाई सुदूरपश्चिमले यो सिजनसमेत स्वागत गरेको छ । अस्ट्रेलियाका जोश ब्राउन र क्रिस लिनलाई विदेशी खेलाडीको रुपमा ल्याएको छ ।

सुदूरपश्चिममा कप्तान दीपेन्द्रसँगै विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, दीपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत, नरेन साउद र दीपेन्द्र थापा समेटिएका छन् । अरु जतिसुकै ठुलो लाइनअप देखिए पनि सुदूरपश्चिम कप्तान ऐरीमा मात्र भर पर्ने देखिन्छ ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ।

एनपीएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने छ। एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

एनपिएलको ट्रफीका साथ आठ टिमका कप्तान । तस्बिरः एनपिएल

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपियाँ तय गरेको छ।

एनपीएलमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ५ : ५४ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा