आज देशभरको मौसम सफा रहने पूर्वानुमान « Khabarhub

आज देशभरको मौसम सफा रहने पूर्वानुमान


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियस रहनेछ ।

आज बिहान ५:३० बजे काठमाडौंको न्यूनतम तापक्रम ९.४ डिग्री सेल्सियस मापन गरिएको थियो । महाशाखाका अनुसार काठमाडौं उपत्यकामा क्रमशः चिसो बढ्दै गएको छ ।

आज सूर्योदय बिहान ६ बजेर २७ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १० मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ६ : ४४ बजे

संसद्को पहिलो बैठक बस्नेबित्तिकै एमालेको विरोध

काठमाडौं- प्रतिनिधि सभाको पहिलो बैठक बस्नेबित्तिकै नेकपा एमालेले अवरोध गरेको

प्रतिनिधि सभाको पहिलो बैठक (लाइभ)

काठमाडौं–  संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक सुरु भएको छ

नदी कटान रोक्न जैविक तटबन्ध

दोधारा चाँदनी– कञ्चनपुरमा नदी नियन्त्रणका लागि दातृ निकाय र जनश्रमदानमा

एमालेका युवाहरूले घेरे च्यासलस्थित पार्टी कार्यालय (तस्बिरहरू)

काठमाडौं- नेकपा (एमाले) सम्बद्ध युवाहरूले ललितपुरको च्यासलस्थित पार्टी कार्यालय घेरेका

महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात

दशरथचन्द– महाकाली नदीमा मंगलबारदेखि बेपत्ता बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका कृष्ण