आज विश्व शौचालय दिवस मनाइँदै « Khabarhub

आज विश्व शौचालय दिवस मनाइँदै


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको अन्त्यका साथै दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिँदै आज विविध चेतनामूलक कार्यक्रमका साथ विश्व शौचालय दिवस मनाइँदै छ ।

सन् २०१३ देखि आधिकारिक रूपमा मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य पानीको गुणस्तर सुधार, जलस्रोतको दिगो व्यवस्थापन र पानी तथा सरसफाइमा अन्तर्राष्ट्रिय सहकार्य तथा क्षमता अभिवृद्धि हो ।

सुरक्षित र सबैका लागि पहुँचयोग्य शौचालय निर्माण अहिलेको अत्यावश्यक प्राथमिकता भएको जनाउँदै संयुक्त राष्ट्रसङ्घले सबैका लागि पानी र सरसफाइ हासिल गर्ने लक्ष्यलाई सशक्त रूपमा उठाउने दिनका रूपमा यो दिवसको उपयोग हुनुपर्नेमा जोड दिएको छ ।

तीन अर्ब ४० करोड मानिस अझै सुरक्षित रूपमा व्यवस्थित सरसफाइ सेवाबाट वञ्चित भएका तथा ३५ करोड ४० लाख मानिस अझै खुला स्थानमा दिसापिसाब गर्न बाध्य भएका जनाउँदै राष्ट्रसङ्घले दिगो विकासको छैटौँ लक्ष्य हासिल गर्न र महिला र बालिकालाई जोखिमबाट जोगाउन शौचालयको सुनिश्चितता अपरिहार्य भएको बताएको छ ।

विश्वव्यापी रूपमा सरसफाइका मुद्दामा क्रियाशील हुन उक्त विश्व संस्थाले आह्वान गर्दै आज विश्वका विभिन्न देशमा व्यक्तिगत, सामुदायिक, सरकारी, निजी क्षेत्र तथा गैरसरकारी संस्थालाई सामुदायिक सरसफाइ कार्यक्रम, विद्यालयमा सरसफाइबारे कक्षा, सार्वजनिक छलफल, नीतिसंवाद, अनुभव आदानप्रदानलगायत गतिविधि सञ्चालन गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ६ : ४६ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा