आयोगमा दर्ता भएका दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की « Khabarhub

आयोगमा दर्ता भएका दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार निर्वाचन आयोगमा दर्ता भएका दलसँग छलफल गर्दैछन्। प्रधानमन्त्री कार्कीले अपरान्ह ४ बजे छलफल गर्न लागेकी हुन्।

छलफलमा कार्कीले सरकारका कामकारबाही र प्राथमिकताका विषयमा जानकारी दिने प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।

रावलले भने, ‘आज निर्वाचन आयोगमा दर्ता रहेका दलहरूलाई सरकारका कामकारबाही र प्राथमिकताबारे प्रधानमन्त्रीले जानकारी दिँदै हुनुहुन्छ।’

छलफलका लागि आयोगमा दर्ता भएका दललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाइएको छ।

फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको तयारीमा सक्रिय भएको सरकारले पछिल्ला दिनमा दलसँगको छलफललाईसमेत निरन्तरता दिँदै आएको छ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ९ : ३० बजे

बागमती प्रदेशमा पुँजीगत खर्च निराशाजनक

बागमती– बागमती प्रदेशको पुँजीगत खर्चमा उल्लेखनीय वृद्धि हुन सकेको छैन

तनहुँको बुल्दीखोलामा पक्की पुल निर्माण गरिँदै

तनहुँ– व्यास नगरपालिका–३ देउरालीनगर र व्यास–१ को भादगाउँ जोड्न बुल्दीखोलामा

गृहमन्त्रीलाई सुदन गुरुङको प्रश्न- ‘सानालाई ऐन, ठुलालाई चैन’ संविधानको कुन धारामा लेखिएको छ ?

काठमाडौं – जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति

पुराना गाडीलाई विद्युतीय रुपान्तरणका लागि अनुमति दिने तयारीमा सरकार

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले नेपालमा रहेका

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौं – बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक