आयोगमा दर्ता भएका दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की « Khabarhub

आयोगमा दर्ता भएका दलसँग छलफल गर्दै प्रधानमन्त्री कार्की


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार निर्वाचन आयोगमा दर्ता भएका दलसँग छलफल गर्दैछन्। प्रधानमन्त्री कार्कीले अपरान्ह ४ बजे छलफल गर्न लागेकी हुन्।

छलफलमा कार्कीले सरकारका कामकारबाही र प्राथमिकताका विषयमा जानकारी दिने प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।

रावलले भने, ‘आज निर्वाचन आयोगमा दर्ता रहेका दलहरूलाई सरकारका कामकारबाही र प्राथमिकताबारे प्रधानमन्त्रीले जानकारी दिँदै हुनुहुन्छ।’

छलफलका लागि आयोगमा दर्ता भएका दललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बोलाइएको छ।

फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको तयारीमा सक्रिय भएको सरकारले पछिल्ला दिनमा दलसँगको छलफललाईसमेत निरन्तरता दिँदै आएको छ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ९ : ३० बजे

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको

कैलालीमा दुई समूहबीच झडप : प्रहरीले गर्‍यो हवाइ फायर, १२ जना पक्राउ

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा मंगलबार साँझ दुई समूहबीच