रास्वपा केन्द्रीय समितिको बैठक बस्दै : के छ कार्यसूची ? « Khabarhub

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै : के छ कार्यसूची ?

सभापति रवि लामिछानेको मुद्दाको कानूनी अवस्थाबारे जानकारी गराइने


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ। पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बैठक दिउँसो २ बजे सुरु हुँदैछ।

बैठकले समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहल गर्दैछ। बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानूनी अवस्थाको जानकारी गराइने छ।

बैठकले केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा गर्ने, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी गरेको छ।

बैठकमा मिडिया अध्ययन कार्यदलले अहिलेदेखि निर्वाचनसम्म दैनिक मिडिया अध्ययन एवं विश्लेषण गर्ने, केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने, आवश्यकता अनुसार घटना ब्रिफिङ गर्ने एवं केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्ने कार्यसूचीमा उल्लेख छ।

उम्मेदवार छनौट सिफारिस समिति विस्तार, रूपन्देही–३ को उम्मेदवारसँगै विविध विषयमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ। बैठकमा जेनजी लक्षित अभियानका विषयमासमेत छलफल हुँदैछ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ९ : ४९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल