गृहमन्त्रीलाई सुदन गुरुङको प्रश्न- ‘सानालाई ऐन, ठुलालाई चैन’ संविधानको कुन धारामा लेखिएको छ ? « Khabarhub

गृहमन्त्रीलाई सुदन गुरुङको प्रश्न- ‘सानालाई ऐन, ठुलालाई चैन’ संविधानको कुन धारामा लेखिएको छ ?


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति गम्भीर प्रश्न गरेका छन्। व्यापारी दुर्गा प्रसाईले समाजलाई भड्काउने तथा गलत अभिव्यक्तिप्रति कडा असन्तुष्टि भए पनि उनीभन्दा बढी हिंसा भड्काउनेलाई पक्राउ नगरेको भन्दै उनले गृहमन्त्रीसँग असन्तुष्टि जनाएका हुन्।

प्रसाईंभन्दा पनि बढी भड्काउने, हिंसात्मक अभिव्यक्ति दिने व्यक्ति खुलेआम सरकारलाई चुनौती दिँदै हिँडिरहेको तर आन्तरिक सुरक्षाको नेतृत्व गर्ने गृहमन्त्रीले ती शक्तिशाली व्यक्तिविरुद्ध कारबाही गर्ने साहस देखाउन नसकेको भन्दै आपत्ति जनाएका हुन्।

उनले शान्तिपूर्ण आन्दोलनमा सहभागी युवालाई टाउकोमा लक्षित गोली प्रहार गर्ने घटना गराउने अहिले पनि उन्मुक्त रूपमा हिँडिरहेको उल्लेख गर्दै गृहमन्त्रीको निष्क्रियतामाथि प्रश्न उठाएका हुन्।

गुरुङले गृहमन्त्रीलाई प्रश्न गर्दै भनेका छन्, “विधिको शासन लागू नहुने हो भने पुरानो शासन र अहिलेको शासनबीच के फरक रह्यो ? ‘सानालाई ऐन, ठूलालाई चैन’ संविधानको कुन धारामा लेखिएको छ ?’’

उनले सहिद भएका तथा घाइते युवाको न्यायिक सम्बोधन र सबै नागरिकलाई समान न्यायको प्रत्याभूति बिना चुनाव सम्भव नभएको बताएका छन्।

सरकारसँग गुरुङले छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : ३० बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट