गृहमन्त्रीलाई सुदन गुरुङको प्रश्न- ‘सानालाई ऐन, ठुलालाई चैन’ संविधानको कुन धारामा लेखिएको छ ? « Khabarhub

गृहमन्त्रीलाई सुदन गुरुङको प्रश्न- ‘सानालाई ऐन, ठुलालाई चैन’ संविधानको कुन धारामा लेखिएको छ ?


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालप्रति गम्भीर प्रश्न गरेका छन्। व्यापारी दुर्गा प्रसाईले समाजलाई भड्काउने तथा गलत अभिव्यक्तिप्रति कडा असन्तुष्टि भए पनि उनीभन्दा बढी हिंसा भड्काउनेलाई पक्राउ नगरेको भन्दै उनले गृहमन्त्रीसँग असन्तुष्टि जनाएका हुन्।

प्रसाईंभन्दा पनि बढी भड्काउने, हिंसात्मक अभिव्यक्ति दिने व्यक्ति खुलेआम सरकारलाई चुनौती दिँदै हिँडिरहेको तर आन्तरिक सुरक्षाको नेतृत्व गर्ने गृहमन्त्रीले ती शक्तिशाली व्यक्तिविरुद्ध कारबाही गर्ने साहस देखाउन नसकेको भन्दै आपत्ति जनाएका हुन्।

उनले शान्तिपूर्ण आन्दोलनमा सहभागी युवालाई टाउकोमा लक्षित गोली प्रहार गर्ने घटना गराउने अहिले पनि उन्मुक्त रूपमा हिँडिरहेको उल्लेख गर्दै गृहमन्त्रीको निष्क्रियतामाथि प्रश्न उठाएका हुन्।

गुरुङले गृहमन्त्रीलाई प्रश्न गर्दै भनेका छन्, “विधिको शासन लागू नहुने हो भने पुरानो शासन र अहिलेको शासनबीच के फरक रह्यो ? ‘सानालाई ऐन, ठूलालाई चैन’ संविधानको कुन धारामा लेखिएको छ ?’’

उनले सहिद भएका तथा घाइते युवाको न्यायिक सम्बोधन र सबै नागरिकलाई समान न्यायको प्रत्याभूति बिना चुनाव सम्भव नभएको बताएका छन्।

सरकारसँग गुरुङले छानबिन र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : ३० बजे

शिक्षामन्त्रीले भने- खेल क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणलाई अन्त्य गर्छु

काठमाडौं– नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री

ऊर्जामन्त्री श्रेष्ठले भने- ऊर्जाबाट कोही पनि वञ्चित हुनुपरोस्

काठमाडौं– नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार

नवनियुक्त प्रधानमन्त्री शाहलाई एनआरएनको बधाई

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय