पाशुपत क्षेत्रमा शतबीज छरियो (तस्बिरहरू) « Khabarhub

पाशुपत क्षेत्रमा शतबीज छरियो (तस्बिरहरू)


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज पितृमोक्षको कामनाका साथ पाशुपत क्षेत्रमा शतबीज छरिएको छ ।

यस दिन विधिपूर्वक शिवालय परिसर पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज छरे दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ ।

‘चर्तुवर्ग–चिन्तामणि’अनुसार धानका सय दाना छर्ने विधि भए पनि कतिपयले मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न शतबीजका रूपमा छर्ने गरेका छन् ।

मार्गशीर्ष कृष्ण त्रयोदशीको राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीपदान गरेर शतबीज छरी अन्न खानुपर्ने मान्यता छ ।

आज बिहान पशुपति क्षेत्रको मृगस्थली, विश्वरुप, आर्यघाट, रुद्रगाडेश्वर, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नवबुद्ध, बहिरो गणेशलगायत क्षेत्रमा शतबीज छर्नेको घुइँचो लागेको थियो ।

पाशुपत क्षेत्रका साथै काठमाडौं उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, वसन्तपुरस्थित हनुमानढोका दरबार मक्खन महादेवस्थानमा पनि शतबीज छरिएको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ११ : १४ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल