काठमाडौं महानगरः पहिलो चौमासिकमा गएको वर्षभन्दा पाँच करोड ६५ लाख बढी राजस्व संकलन « Khabarhub

काठमाडौं महानगरः पहिलो चौमासिकमा गएको वर्षभन्दा पाँच करोड ६५ लाख बढी राजस्व संकलन


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा काठमाडौँ महानगरपालिकाले तीन अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ।

यो अवधिमा गएको वर्ष तीन अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ संकलन भएको थियो। गएको वर्षको तुलनामा चालु आर्थिक वर्षको यस अवधिमा पाँच करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ बढी राजस्व संकलन भएको राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिए।

गएको वर्ष १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको लक्ष्य निर्धारण गरिएको थियो। यस वर्षको १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार असुली हुने प्रक्षेपण गरिएको छ।

चालु आर्थिक वर्षको यस अवधिमा आन्तरिक करतर्फ एक अर्ब ९६ करोड ८१ लाख ७५ हजार ७ सय रुपैयाँ संकलन भएको छ। गएको वर्ष यस अवधिमा एक अर्ब ९९ लाख दुई लाख ६७ हजार ६९५ रुपैयाँ राजस्व संकलन भएको थियो। यो अङ्क गएको वर्षको तुलनामा दुई करोड २० लाख ९१ हजार ९९५ रुपैयाँ कम हो।

यसरी आन्तरिक राजस्व घट्नुको कारण सम्पत्ति कर शीर्षक हो। गएको वर्षको पहिलो चौमासिक अवधिमा ५० करोड ३१ लाख तीन हजार ७३८ रुपैयाँ संकलन भएको सम्पत्ति कर यस वर्षको सोही अवधिमा ४२ करोड ७६ लाख ५४ हजार २७६ रुपैयाँ संकलन भएको छ।

यो वर्ष वहाल कर असुली बढेको छ। गएको वर्ष यस अवधिमा ९४ करोड ८५ लाख २८ हजार १५४ रुपैयाँ संकलन भएकोमा यस वर्ष १ अर्ब २ करोड ९२ लाख ९७ हजार ५७० रुपैयाँ संकलन भएको छ।

यस वर्ष व्यवसाय करमा पनि वृद्धि भएको छ। गएको वर्ष २२ करोड ८७ लाख ८ हजार ७०८ रुपैयाँ संकलन भएकोमा यस वर्ष २३ करोड ३२ लाख ३६ हजार १७० रुपैयाँ असुली भएको छ।

भवन नक्सा शुल्कबाट संकलन हुँदै आएको रकम भने घटेको छ। गएको वर्ष १२ करोड ६ लाख ६६ हजार ६४९ रुपैयाँ संकलन भएकोमा यस वर्ष ८ करोड ८८ लाख ६ हजार ८८१ रुपैयाँमा झरेको छ। सहरमा भवन निर्माण गर्ने क्रम घटेसँगै राजस्व असुली पनि घटेको हो।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ११ : १५ बजे

रवि भन्छन् : दुईतिहाइको सरकारले मविरुद्ध विष हाल्यो, अब सिंहदरबार बदल्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केपी शर्मा

पुराना दललाई रविको चेतावनी : फागुन २१ मा आउने सुनामीको सामना गर्न तयार हुनू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फागुन

एयर चाइनाले २०२६ मा ७० हजारभन्दा बढी उडान सञ्चालन गर्ने

एजेन्सी– चीनको प्रमुख राष्ट्रिय वायुसेवा कम्पनी एयर चाइनाले सन् २०२६

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी– पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको छैन

सामाजिक सञ्जाल विधेयक संसद्‍बाट फिर्ता लिने सरकारको निर्णय

काठमाडौं– सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय