शंकर पोखरेल र महेश बस्नेतलाई रोक्न सिमरा एयरपोर्टमा प्रदर्शन, काठमाडौंमै रोकियो बुद्धको जहाज « Khabarhub

शंकर पोखरेल र महेश बस्नेतलाई रोक्न सिमरा एयरपोर्टमा प्रदर्शन, काठमाडौंमै रोकियो बुद्धको जहाज


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत बारा जान खोज्दा सिमरा विमानस्थलमा तनाव भएको छ।

एमालेको कार्यक्रममा सहभागी हुन बारा पुग्ने थाहा पाएपछि त्यहाँस्थित एउटा समूहले जेन-जीका नाममा तोडफो र प्रदर्शन गरेको हो ।

जेन-जीका नाममा उत्रिएको यो समूहले एमालेको कार्यक्रम बिथोल्ने गरी विमानस्थलमै प्रदर्शन गरेको छ। विमानस्थलमा खटिएको प्रहरी र जेन-जीका नाममा उत्रिएको उक्त समूहबीच झडपसमेत भएको छ ।

सिमरा विमानस्थलमा तनाव भएपछि काठमाडौंबाट उड्न लागेको बुद्ध एयरको जहाज नै रोकिएको छ ।

बस्नेत र पोखरेल सवार भएर सिमरा जान लागेको जहाज काठमाडौंमै रोकेर यात्रुलाई प्रतिक्षालयति लगिएको एकजना यात्रु राजक कुइँकेलले बताएका छन् ।

‘सिमरा विमानस्थलमा प्रदर्शन गरेको खबर आएको छ। त्यसपछि हामीलाई नउडाई विमानबाट उतारिएको छ’, कुइँकेलले भने, ‘अहिले हामीलाई बुद्धको
काउन्टर तिर लैजाँदैछन् ।’

बस्नेत र पोखरेल बारामा बुधबार आयोजना हुने प्रदेशस्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन जान लागेका थिए ।

तर बस्नेत बारा पुग्ने थाहा भएपछि सिमरा विमानस्थलमा जेन-जीका नाममा घेराउ भएको थियो ।

अहिले विमानस्थलमा सुरक्षा कडा पारिएको छ। त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठूलो टोली तैनाथ गरिएको छ।

बस्नेतसहितलाई स्वागतका लागि विमानस्थल आगमन कक्षमा पूर्वमन्त्री तथा एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह, अच्युत मैनाली लगायतका नेताहरू उपस्थित थिए ।

जेन-जीका नाममा एउटा समूहले बस्नेतको आगमनको सूचना पाएलगत्तै सामाजिक सञ्जालमार्फत् विरोध कार्यक्रम घोषणा गरेको थियो । उनीहरूको विरोधका कारण एमालेको कार्यक्रमलाई पनि असर पर्ने देखिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १२ : २६ बजे

शहीद उमेशकी आमा भन्छिन् : छोराको निधनपछि मन आत्तिएको छ, सरकारले जनाताको भलो गरोस्

काठमाडौं– जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक