एमाले नेताहरूलाई रोकेपछि सरकारलाई विश्वप्रकाशको प्रश्न : यसरी बन्छ चुनावको वातावरण ? « Khabarhub

एमाले नेताहरूलाई रोकेपछि सरकारलाई विश्वप्रकाशको प्रश्न : यसरी बन्छ चुनावको वातावरण ?


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

कलैया (बारा)- नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य महेश बस्नेत बारा जिल्ला भ्रमणमा आउने क्रममा सिमरा विमानस्थलमा बुधबार दिउँसो तनाव उत्पन्न भएको छ।

एमाले नेताहरूको कार्यक्रममा सहभागी हुन बारा पुग्ने जानकारी पाएपछि एक समूहले ‘जेन-जी’को नाम लिएर विमानस्थलमा तोडफोड र प्रदर्शन गरेको थियो। प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ।

झडपका कारण काठमाडौंबाट सिमरा उड्न लागेको बुद्ध एयरको जहाजसमेत केही समय रोकिन पुगेको थियो। स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो १२:३० बजेदेखि बेलुका ८ बजेसम्म जीतपुरसिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

यस घटनालाई लिएर नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कडा आपत्ति जनाएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै उनले एमाले नेताहरूलाई रोक्ने कदमको कडा निन्दा गरेका हुन् ।

‘सिमरा घटना जेन-जी आन्दोलनको भावनाविपरीत छ। यसरी निर्वाचनको वातावरण पनि बन्दैन। एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौँ’, उनले भनेका छन्, ‘मधेश प्रदेशमा सही कर्म गरेन त, त्यसविरुद्ध दबाब दिऊँ। जेन-जीविरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौँ।’

उनले आफ्ना कुरा राख्न कहीँ पनि भ्रमण गर्ने संविधानप्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न नमिल्ने बताएका छन् । ‘त्यसले झनै द्वन्द्व बढाउँछ। सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेन-जी कसैको ‘समाज भ्रमण अधिकार’विरुद्ध उभिन सक्दैनन्’, उनले भनेका छन्, ‘अतः सिमरा घटना जेन-जी भावना होइन, त्यसको दुरुपयोग हो। निषेधको राजनीति कसैले नगरौँ।’

महामन्त्री शर्माले प्रधानमन्त्री सुशीला कार्कीलाई समेत ध्यानाकर्षण गराउँदै भनेका छन्, ‘एक फेरा भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ?’

स्थानीयहरूका अनुसार जेन-जी आन्दोलनको नाममा उत्रिएको समूहले एमालेको कार्यक्रम बिथोल्ने उद्देश्यले विमानस्थलमै नाराबाजी र तोडफोड गरेको छ।

घटनापछि स्थिति तनावग्रस्त बनेको छ भने सुरक्षाकर्मीले बल प्रयोग गरेका छन् । उता जिल्ला प्रशासनले सबै पक्षलाई संयम अपनाउन र शान्ति कायम राख्न आग्रह गरेको छ। थप तनाव बढ्न नदिन सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यू लगाइएको छ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  २ : ०७ बजे

सांसदहरुलाई रविले भने- सरकार बनेको बेलुकाबाट ढाल्न लाग्छन् सचेत हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता

हेलिकप्टर दुर्घटनाबारे एयर डाइनेस्टीले भन्यो : पाइलटसहित सबै ६ यात्रु सकुशल  

काठमाडौं– एयर डाइनेस्टी सर्भिसको हेलिकोप्टर बुधबार खोटाङमा दुर्घटनामा परेको छ।

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

गण्डकी– पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित