हिमपात र शीतलहरबाट बच्न गृहले थाल्यो पूर्व तयारी  « Khabarhub

हिमपात र शीतलहरबाट बच्न गृहले थाल्यो पूर्व तयारी 


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्य योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।  

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार सिंहदरबारमा आयोजना गरेको कार्य योजना सम्बन्धी छलफल कार्यक्रममा गृहमन्त्री अर्यालले शीतलहर र हिमपातबाट नागरिकहरूलाई जोगाउनका लागि राष्ट्रिय कार्य योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

मानवजीवन र सम्पत्तिको सुरक्षा सबैको उत्तरदायित्व भएकाले कार्य योजना कार्यान्वयनमा तीन तहका सरकार, गैरसरकारी संघसंस्था, निजी क्षेत्र लगायत सबैबीच समन्वय हुनुपर्ने उनले बताए ।

उनले शीतलहर र हिमपात पूर्वतयारीका लागि समयमा नै पूर्व सूचनाको पहुँच पुराउँदै प्रारम्भिक चेतावनी, सुरक्षित आश्रय र राहत तथा उद्धारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

प्राधिकरणले मंसिर १५ गतेभित्र शीतलहर र हिमपात हुने क्षेत्र तथा लक्षित वर्गको पहिचान गरी तथ्याङ्क अद्यावधिक एवं लाभग्राहीको प्राथमिकता निर्धारण गर्ने कार्य योजना बनाएको छ ।

शीतलहर र हिमपात सुरु हुनु अघि नै विपद् प्रतिकार्यका लागि अनुमान अनुसार पूर्वतयारी तथा पूर्वकार्य गरी क्षति न्यूनीकरण गर्ने, शीतलहर र हिमपात अघि र पछि उद्धार तथा राहत वितरण सम्बन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउने प्राधिकरणको कार्य योजना रहेको छ । 

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  २ : ०९ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी