इस्कोनको जगन्नाथ रथयात्रा शनिबार काठमाडौंमा  « Khabarhub

इस्कोनको जगन्नाथ रथयात्रा शनिबार काठमाडौंमा 


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल ) जोरपाटी नामहाट केन्द्रले यही मङ्सिर ६ गते शनिबारका दिन १० बजे देखि श्री जगन्नाथ रथयात्रा कार्यक्रम आयोजना गर्न लागेको छ । 

रथमा जगन्नाथ, बलदेव र सुभद्रालाई राखिनेछ। काठमाडौंको चाबहिल चोकदेखि सुरु हुने जगन्नाथ रथयात्रा जोरपाटी हुँदै नारायणटारसम्म पुगेर समापन हुनेछ ।

शास्त्रमा भगवान् जगन्नाथको रथ एकपटक खिच्नाले पनि व्यक्तिका जन्म जन्मान्तरका पापकर्मीहरू नष्ट हुने कुरा बताइएको छ ।

यसै सौभाग्यलाई विश्वव्यापी रूपमा फैलाउनका निम्ति इस्कोन संस्थापकाचार्य अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपादजीले सन् १९६७ जुलाई ९ मा अमेरिकाको सन फ्रान्सिसको देखि जगन्नाथ रथयात्रा सुरुवात गरेका थिए । 

हाल इस्कोनले विश्वव्यापी रूपमा रूपमा जगन्नाथ रथयात्रा  १०० भन्दा बढी देशहरूमा वार्षिक हजारभन्दा बढी जगन्नाथ रथयात्रा आयोजना गर्दै आएको छ। 

भगवान् जगन्नाथले कृपा बर्साउनको निम्ति उनले आफ्नो मन्दिरसम्म पुग्न नसक्ने व्यक्तिहरूका निम्ति आफै मन्दिर छोडेर रथमा आरूढ भई गाउँ, टोल र नगरमा पुग्ने कुरा शास्त्रमा उल्लेखित छ । 

जगन्नाथ रथयात्राले व्यक्तिहरूमा सुषुप्त अवस्थामा रहेको भक्ति, सद्भाव, निष्ठा र एकता जस्ता गुणहरूलाई उजागर गर्न टेवा पुग्ने डा. नारायण कृपासिन्धु दासले जानकारी गराए । 

उक्त रथयात्रामा देशका विभिन्न ठाउँबाट हजारौँको सङ्ख्यामा व्यक्तिहरूको उपस्थिति रहनेछ । -श्याम गैरे 

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  २ : १३ बजे

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख