इस्कोनको जगन्नाथ रथयात्रा शनिबार काठमाडौंमा  « Khabarhub

इस्कोनको जगन्नाथ रथयात्रा शनिबार काठमाडौंमा 


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल ) जोरपाटी नामहाट केन्द्रले यही मङ्सिर ६ गते शनिबारका दिन १० बजे देखि श्री जगन्नाथ रथयात्रा कार्यक्रम आयोजना गर्न लागेको छ । 

रथमा जगन्नाथ, बलदेव र सुभद्रालाई राखिनेछ। काठमाडौंको चाबहिल चोकदेखि सुरु हुने जगन्नाथ रथयात्रा जोरपाटी हुँदै नारायणटारसम्म पुगेर समापन हुनेछ ।

शास्त्रमा भगवान् जगन्नाथको रथ एकपटक खिच्नाले पनि व्यक्तिका जन्म जन्मान्तरका पापकर्मीहरू नष्ट हुने कुरा बताइएको छ ।

यसै सौभाग्यलाई विश्वव्यापी रूपमा फैलाउनका निम्ति इस्कोन संस्थापकाचार्य अभयचरणारविन्द भक्तिवेदान्त स्वामी प्रभुपादजीले सन् १९६७ जुलाई ९ मा अमेरिकाको सन फ्रान्सिसको देखि जगन्नाथ रथयात्रा सुरुवात गरेका थिए । 

हाल इस्कोनले विश्वव्यापी रूपमा रूपमा जगन्नाथ रथयात्रा  १०० भन्दा बढी देशहरूमा वार्षिक हजारभन्दा बढी जगन्नाथ रथयात्रा आयोजना गर्दै आएको छ। 

भगवान् जगन्नाथले कृपा बर्साउनको निम्ति उनले आफ्नो मन्दिरसम्म पुग्न नसक्ने व्यक्तिहरूका निम्ति आफै मन्दिर छोडेर रथमा आरूढ भई गाउँ, टोल र नगरमा पुग्ने कुरा शास्त्रमा उल्लेखित छ । 

जगन्नाथ रथयात्राले व्यक्तिहरूमा सुषुप्त अवस्थामा रहेको भक्ति, सद्भाव, निष्ठा र एकता जस्ता गुणहरूलाई उजागर गर्न टेवा पुग्ने डा. नारायण कृपासिन्धु दासले जानकारी गराए । 

उक्त रथयात्रामा देशका विभिन्न ठाउँबाट हजारौँको सङ्ख्यामा व्यक्तिहरूको उपस्थिति रहनेछ । -श्याम गैरे 

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  २ : १३ बजे

पूर्वप्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य

ढाका– मानवता विरुद्धको अपराधको आरोपमा यसै हप्ता बङ्गलादेशकी पूर्व प्रधानमन्त्री

जेन-जीका संयोजकको जिकिर : एमालेलाई रोक्न खोजेको होइन, कुटपिट भएपछि प्रतिकार गर्‍यौँ

काठमाडौं- बाराको सिमरामा बुधबार कर्फ्यू लगाउनु पर्ने तनावपूर्ण अवस्थालाई लिएर

तस्बिरमा हेर्नुहोस् काठमाडौं र सुदूरपश्चिमको प्रतिस्पर्धा 

काठमाडौं–  नेपाल प्रिमियर लिगअन्तर्गत बुधबारको खेलमा काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ

काठमाडौंविरुद्धको ब्याटिङमा सुदूरपश्चिमको बिजोग, १० ओभर खेल्दा ५ विकेट गुमाएर केबल ५९ रन

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा काठमाडौं गुर्खाजविरुद्ध

डब्लुएचओद्वारा निर्मित ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्रवाह हुने सेवा अब सिंहदरबार