कर्णालीका दुर्गम ठाउँमा टेलिकमको टूजी र फोरजी सेवा सञ्चालनमा « Khabarhub

कर्णालीका दुर्गम ठाउँमा टेलिकमको टूजी र फोरजी सेवा सञ्चालनमा


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा टूजी तथा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । हुम्लाको सर्केगड–३ र सर्केगड–६ मा टूजी तथा फोरजी सेवा सञ्चालनमा ल्याए सँगै सर्केगाड गाउँपालिकाका २, ३,४ र ६ वडाअन्तर्गत पर्ने बस्ति आसपासका सेवाग्राही पहिलो पटक गुस्तरीय टूजी/फोरजी सेवाबाट लाभान्वित भएका टेलिकमको दाबी छ ।

टेलिकमका अनुसार उनापानी, स्यालटाडी, बराई गाउँ, ठुलाचौर, साधेकाट, रिपा, सर्केदेउ लगायतका क्षेत्रहरूमा सेवा विस्तार भएको छ ।

यसैगरी हुम्लाकै अदानचुली–६ मा टूजी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ । टूजी तथा फोरजी सेवा सञ्चालनमा आएसँगै सर्केगाड गाउँपालिका-२ र अदानचुली गाउँपालिकाका-२, ३, ४, ५ र ६ आसपासको क्षेत्रहरूमा सेवाग्राहीहरू लाभान्वित भएका छन् । 

साथै दैलेखको गुराँस गाउँपालिकाको गुराँसमा फोरजी सेवा सञ्चालनमा आएसँगै गुराँस गाउँपालिका वडा नं. ३, ४, र ५ अन्तर्गत पर्ने गुराँस बजार क्षेत्र, गाउँपालिका कार्यालय क्षेत्र, गोगनपानी, पातीकान्ला लगायतका गाउँहरू, वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ अन्तर्गत पर्ने बयलकाँडा लगायतका क्षेत्रहरू, तथा बराहताल वडा नं. ९ अन्तर्गत पर्ने लेकगाउँ लगायतका क्षेत्रमा फोर्जी सेवा पुगेको छ । 

यसैगरी जाजरकोटको जुनीचांदे गाउँपालिकाको कोत्राङ्गमा टूजी तथा फोरजी सेवा ल्याएको छ । टूजी फोरजी सेवा सञ्चालनमा आए पश्चात् जुनीचांदे गाउँपालिकाका विभिन्न वडाहरु- ७, ८, ९, १० र ११ अन्तर्गत पर्ने गाउँ आसपासको क्षेत्रमा टूजी/फोर्जी सेवा पुगेको छ । 

साथै डोल्पाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकाका विभिन्न बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । वडा नं १० को मिदग्ती लेकमा निर्माण गरिएको टेलिकमको फोरजी टावर सञ्चालनमा आएसँगै सञ्चार सुविधाबाट वञ्चित फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधा दर्जन बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । 

सुलिगाडस्थित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय, सैनिक ब्यारेक क्षेत्र, फोक्सुन्डो ट्रेलको प्रमुख बस्ती भित्र पर्ने छेप्का, भोक्पा, सागबारी लगायतका क्षेत्र पनि सञ्चारको पहुँचमा जोडिएका छन् ।

टेलिकमका अनुसार ७४९ स्थानीय तहमा फोजी सेवा विस्तार सेवा पुगेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ३ : ३४ बजे

नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण

काठमाडौं– नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष लीला भण्डारीले पदभार ग्रहण गरेकी छिन् ।

धुलिखेल खावा सडक कालोपत्र सुरु (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक कालोपत्रे गर्ने काम सुरु

‘पीडितको पक्षमा बोल्दा तँलाई बलात्कार गर्छुसम्म भन्छन्’

काठमाडौं- बलात्कारीलाई फाँसीको सजाय माग गर्दै २०७५ भदौ २ गते

‘धुरन्धर २’ : नेपाली बजारमा व्यापार १२ करोड नाघ्यो

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले

मुग्लिन–मलेखु सडकखण्ड : घोप्टे भिरको भित्तो काटियो

चितवन– पृथ्वी राजमार्गको नागढुङ्गा–मलेखु सडक स्तरोन्नतिका क्रममा घोप्टे भिरको भित्तो