कर्णालीका दुर्गम ठाउँमा टेलिकमको टूजी र फोरजी सेवा सञ्चालनमा « Khabarhub

कर्णालीका दुर्गम ठाउँमा टेलिकमको टूजी र फोरजी सेवा सञ्चालनमा


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम क्षेत्रमा टूजी तथा फोरजी सेवा सञ्चालनमा ल्याएको छ । हुम्लाको सर्केगड–३ र सर्केगड–६ मा टूजी तथा फोरजी सेवा सञ्चालनमा ल्याए सँगै सर्केगाड गाउँपालिकाका २, ३,४ र ६ वडाअन्तर्गत पर्ने बस्ति आसपासका सेवाग्राही पहिलो पटक गुस्तरीय टूजी/फोरजी सेवाबाट लाभान्वित भएका टेलिकमको दाबी छ ।

टेलिकमका अनुसार उनापानी, स्यालटाडी, बराई गाउँ, ठुलाचौर, साधेकाट, रिपा, सर्केदेउ लगायतका क्षेत्रहरूमा सेवा विस्तार भएको छ ।

यसैगरी हुम्लाकै अदानचुली–६ मा टूजी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ । टूजी तथा फोरजी सेवा सञ्चालनमा आएसँगै सर्केगाड गाउँपालिका-२ र अदानचुली गाउँपालिकाका-२, ३, ४, ५ र ६ आसपासको क्षेत्रहरूमा सेवाग्राहीहरू लाभान्वित भएका छन् । 

साथै दैलेखको गुराँस गाउँपालिकाको गुराँसमा फोरजी सेवा सञ्चालनमा आएसँगै गुराँस गाउँपालिका वडा नं. ३, ४, र ५ अन्तर्गत पर्ने गुराँस बजार क्षेत्र, गाउँपालिका कार्यालय क्षेत्र, गोगनपानी, पातीकान्ला लगायतका गाउँहरू, वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ अन्तर्गत पर्ने बयलकाँडा लगायतका क्षेत्रहरू, तथा बराहताल वडा नं. ९ अन्तर्गत पर्ने लेकगाउँ लगायतका क्षेत्रमा फोर्जी सेवा पुगेको छ । 

यसैगरी जाजरकोटको जुनीचांदे गाउँपालिकाको कोत्राङ्गमा टूजी तथा फोरजी सेवा ल्याएको छ । टूजी फोरजी सेवा सञ्चालनमा आए पश्चात् जुनीचांदे गाउँपालिकाका विभिन्न वडाहरु- ७, ८, ९, १० र ११ अन्तर्गत पर्ने गाउँ आसपासको क्षेत्रमा टूजी/फोर्जी सेवा पुगेको छ । 

साथै डोल्पाको ठूलीभेरी नगरपालिका र शे–फोक्सुन्डो गाउँपालिकाका विभिन्न बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । वडा नं १० को मिदग्ती लेकमा निर्माण गरिएको टेलिकमको फोरजी टावर सञ्चालनमा आएसँगै सञ्चार सुविधाबाट वञ्चित फोक्सुन्डो ट्रेल, यार्सा पाटनसहित आधा दर्जन बस्तीहरू सञ्चारको पहुँचमा जोडिएका छन् । 

सुलिगाडस्थित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय, सैनिक ब्यारेक क्षेत्र, फोक्सुन्डो ट्रेलको प्रमुख बस्ती भित्र पर्ने छेप्का, भोक्पा, सागबारी लगायतका क्षेत्र पनि सञ्चारको पहुँचमा जोडिएका छन् ।

टेलिकमका अनुसार ७४९ स्थानीय तहमा फोजी सेवा विस्तार सेवा पुगेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ३ : ३४ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज