रणवीर सिंहको फिल्म ‘धुरन्धर’को ट्रेलर सार्वजनिक « Khabarhub

रणवीर सिंहको फिल्म ‘धुरन्धर’को ट्रेलर सार्वजनिक


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंह अभिनीत बहुप्रतिक्षित फिल्म ‘धुरन्धर’ को ट्रेलर सार्वजनिक भएको छ। 

नोभेम्बर १८, २०२५ मा सार्वजनिक गरिएको ट्रेलरले सामाजिक सञ्जालमा धमाधम प्रतिक्रिया बटुल्दै छ। निर्देशक आदित्य धरको निर्देशनमा बनेको यो फिल्मलाई वर्षकै एक महत्वपूर्ण एक्शन–ड्रामा मानिएको छ।

साढे तीन मिनेटको ट्रेलरमा रणवीरलाई निकै उग्र, शक्तिशाली र भावनात्मक रूपमा प्रस्तुत गरिएको छ। भारतविरुद्धको आतंकवादी आक्रमणका प्रतिकारका लागि उभिएको पात्रको रूपमा उनले देखाएको तीव्र अभिनय दर्शकलाई चकित बनाउने किसिमको छ।

फिल्ममा रणवीरसँगै सन्जय दत्त, अक्षय खन्ना, आर। माधवन र अर्जुन रामपाल जस्ता बलिउडका दमदार कलाकारहरूको उपस्थिति देखिन्छ, जसले कथालाई अझ बलियो बनाएको छ। प्रत्येक कलाकारका नयाँ अवतार र तीव्र एक्शन ट्रेलरको मुख्य आकर्षण बनेका छन्।

अभिनेता रणवीर सिंहको  ‘धुरन्धर’ मंसिर १९ गते  विश्वभर रिलिज हुने तयारीमा छ । ट्रेलर सार्वजनिक भएसँगै फिल्मप्रतिको उत्सुकता झन् बढेको छ र दर्शकहरूले रणवीरको ‘सबैभन्दा हिंसात्मक र शक्तिशाली भूमिका’ भन्दै प्रशंसा गरिरहेका छन्।

ट्रेलर युट्युबमा सार्वजनिक भएको केही घन्टामै लाखौँ भ्यूज बटुल्दै ट्रेन्डिङमा समेत पुगेको छ, जसले फिल्मप्रतिको उच्च अपेक्षा झल्काउँछ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ३ : १७ बजे

रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु

किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा

‘मिचिएको भूमिबारे भारतसँग बोल्न पो ‘कूटनीतिक च्यानल’ चाहिन्छ, नेपाली थर्काउन मन्त्री नै पर्याप्त’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले निर्माण व्यवसायीको खुट्टा भाँच्ने

इरान टोली : राजनीति र खेलबीच दबाब

एजेन्सी– विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग