बारामा रोकिएन एमालेको कार्यक्रम, महेश बस्नेतले भने- सरकार र विपक्षीहरू आत्तिएका छन्  « Khabarhub

बारामा रोकिएन एमालेको कार्यक्रम, महेश बस्नेतले भने- सरकार र विपक्षीहरू आत्तिएका छन् 


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारामा हुन लागेको राष्ट्रिय युवा संघकाे कार्यक्रममा सिमरा जान लाग्दा बुधरबार बिहान सिमरा विमानस्थलमा जेन-जी भनिएकाले नाराबाजी गरेर तोडफोडको प्रयास गरेपछि नेकपा एमालेका नेताहरू काठमाडौंमै रोकिएका छन् ।

काठमाडौंमा नै रोकिएका एमाले नेता महेश बस्नेतले सरकार र विपक्षी दलहरू आफूहरूको आन्दोलनको प्रभावबाट ‘आत्तिएका’ बताए ।

राष्ट्रिय  युवा संघ नेपालको कार्यक्रमका लागि पार्टी महासचिव शङ्कर पोखरेलका साथ सिमरा जान लागेका बस्नेतले विमानस्थल ‘क्लोज’ गरिएको र बाराको सिमरा क्षेत्रमा ‘कर्फ्युको अवस्था’ सिर्जना गरी आफूहरूलाई रोकिएको दाबी गरे। 

तर पनि कार्यक्रम अवरुद्ध नभएको उनले बताएका छन् । ‘विमान स्थल क्लोज गरेर सिमरा क्षेत्रमा कर्फ्यु लगाएर हामीलाई जान रोके पनि कार्यक्रमस्थल बाराको परवानीपुरमा युवा संघका इञ्चार्ज राजीव पहारी, अध्यक्ष क्षितिज थेबे सहितका सबै नेता अहिले कार्यक्रम स्थलमै उपस्थित छन्, कार्यक्रम सुरु भएको छ,’ बस्नेतले भने ।

कार्यक्रममा माओवादी र मधेसवादी दलका ठूला सङ्ख्यामा नेता–कार्यकर्ता एमाले प्रवेश गर्ने तयारी रहेको उनले बताएका छन् । 

बस्नेतले सरकारको यस्तो ‘रवैया’विरुद्ध एमाले युवा संगठनले निरन्तर संघर्ष गर्ने चेतावनी पनि दिएका छन् । ‘हामी स्वयम् आउन नसके पनि कार्यक्रम अवश्य हुन्छ, सबै युवाहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गर्दछौँ,’ उनले भने ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ३ : २७ बजे

शहीद उमेशकी आमाको सन्देश : छोराको निधनपछि मन आत्तिएको छ, सरकारले जनाताको भलो गरोस्

काठमाडौं– जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक