सिंहदरबारमा बनेको स्वास्थ्य मन्त्रालयको प्रिफ्याब भवन हस्तान्तरण  « Khabarhub

सिंहदरबारमा बनेको स्वास्थ्य मन्त्रालयको प्रिफ्याब भवन हस्तान्तरण 


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सिंहदरबारभित्र बनाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रिफ्याब भवन हस्तान्तरण गरेको छ । 

विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा निर्माण गरिएको ६ वटा प्रिफ्याब भवन बुधबार एक कार्यक्रम गर्दै मन्त्रालयलाई हस्तान्तरण गरेको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए । 

उनका अनुसार डब्लुएचओले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा शर्मा गौतमलाई औपचारिक रूपमा भवन हस्तान्तरण गरेको हो ।

सिंहदरबार परिसरभित्र दक्षिण पश्चिम क्षेत्रमा रहेको नेपाली सेनाको नरसिंह दल गण रहेको क्षेत्रमा डब्लुएचओले सो भवन निर्माण गरेको हो । 

मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीले स्वास्थ्य मन्त्रालयले एक दुई दिनबाट सिंहदरबारमा सर्ने योजना रहेको जानकारी दिए ।  जेन-जी आन्दोलनपछि भदौ २४ गते भएको प्रदर्शनका क्रममा रामशाहपथमा रहेको स्वास्थ्य मन्त्रालयको भवन जलेर खरानी भएको थियो । 

आगजनीका कारण जलेको स्वास्थ्य मन्त्रालय प्रयोग गर्न नमिल्ने भएपछि हाल स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनमा सरेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ३ : २९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल