मेरो नाम जोडिँदा पसलमा आगो लगाइयो : शान्ता चौधरी  « Khabarhub

मेरो नाम जोडिँदा पसलमा आगो लगाइयो : शान्ता चौधरी 


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले नेतृ शान्ता चौधरीले सुर्खेतको वीरेन्द्रनगरस्थित अचार पसल अर्काको पसलबाट आगो सल्किएर नभएर एमाले नेताको व्यवसायमा नियोजित ढंगले आगो लगाएको बताएकी छिन् ।
 
खबरहबसँग कुरा गर्दै उनले भनिन्, ‘उक्त पसल मेरो होइन, अर्को एक बैनीको हो । तर अचार मेरो हो । शान्ताको अचार बेच्न उनले पसल खोलेकी हुन् । उद्घाटनमा म आफै गएको थिएँ । मेरो नामको कारणले पसलमा आगो लगाइयो । व्यवसाय गरेर खान्छु भन्ने महिलाको सपना खरानी बनाइएको छ ।’

चौधरीको वीरेन्द्रनगर–६ सुपरमार्केटस्थित अचार पसलमा कार्तिक ३० गते बिहान ४ः३० बजे आगजनी भएको थियो । सुर्खेत प्रहरीले ‘बेबीशप’ मा लागेको आगो सल्किदै जाँदा अचार पसलमा आगो लागेको जानकारी दिएको छ ।
  
सुर्खेत प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मोहोन बुढाका अनुसार बेबीशप सञ्चालकका देवरले पसलमा आगो लगाएका हुन् ।

उनले भने, ‘पसलमा आगो लगाएको आरोपी दीपक कँडेललाई प्रहरीले पक्राउ गरिसकेको छ । बेबीशप सञ्चालक र पक्राउ परेका कँडेलबीच अंशबन्डाको विवाद थियो । सोही विवादका कारण दीपकले भाउजुको पसलमा आगो लगाएको बयान दिएका छन् ।’

‘दुई दाजुभाइको घरझगडा भनेर बहाना बनाइएको छ । तर एमाले नेता शान्ताको अचारलाई टार्गेट गरेर जलाइएको कुरामा विश्वस्त छु । घरायसी झगडा हुन्थ्यो भने पहिले आगलागी हुन्थ्यो वा पछि हुन्थ्यो । उक्त आउटलेट सञ्चालनमा आएको दुई दिनमै आगलागी हुन्थ्यो रु उनी प्रश्न गर्छिन्, ‘मैले उद्‌घाटन गरेको आउटलेट दुई दिनमा खरानी बनाइदिए । त्यसकारण नियोजित घटना हो । किटानी जाहेरी दिने तयारीमा छौ । अर्को पसलमा आगलागी गरेको भनेर बहाना बनाइएको छ ।’ 

प्रारम्भिकमा १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको चोधरीले बताएकी छिन् । ‘जेन–जी आन्दोलनका नाममा नेकपा एमालेका नेताहरूको छानी–छानी घर जलाइएको छ । उनीहरूको व्यवसाय जलाइएको छ । त्यसकारण पनि नियोजित आगलागी गरिएको कुरामा दुई मत छैन उनले भनिन् ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ३ : ५७ बजे

एनपीएल हेरेर घर फर्किने दर्शकलाई निःशुल्क बस सेवा

काठमाडौं– एनपीएल हेरेर राति घर फर्कन कठिनाइ भएका दर्शकका लागि

नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)

सुरूमै धर्मरायो काठमाडौं, ४० रन नजोड्दै गुमायो तीन विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा सुदूरपश्चिमविरुद्ध काठमाडौं गुर्खाजको

सुदननिकट भोजपुका ६ माओवादी नेताहरू जोडिए प्रगतिशील अभियानमा

काठमाडौं – गत कात्तिक १९ गते गरिएको पार्टी एकतालाई अस्वीकार

वायुसेवा निगमका सञ्चालक सदस्य श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी

काठमाडौं– सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को सञ्चालक