निष्पक्ष र चुस्तदुरुस्त ढङ्गबाट सेवा प्रवाह गर्न स्थानीय जनप्रतिनिधिहरूलाई ओलीको निर्देशन « Khabarhub

निष्पक्ष र चुस्तदुरुस्त ढङ्गबाट सेवा प्रवाह गर्न स्थानीय जनप्रतिनिधिहरूलाई ओलीको निर्देशन


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निष्पक्ष एवम् चुस्तदुरुस्त ढङ्गबाट सेवा प्रवाह गर्न स्थानीय जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन्। 

पार्टीसम्बद्ध स्थानीय विकास विभागद्वारा आज च्यासलमा आयाजित ‘स्थानीय तहका जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले निष्पक्ष भई मितव्ययी एवम् पारदर्शीढङ्गबाट यथासक्य छिटो सेवा प्रवाह गरी जनताको विश्वास जित्न अनुरोध गरे । 

शान्तिसुरक्षा र सुशासनको पक्षमा काम गर्दा जस्तोसुकै जटिल परिस्थितिको सामना गर्न तयार हुनुपर्ने बताउँदै उहाँले सकारात्मक सोचका साथ सदैव देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए ।  

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाको पुनःस्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउने जिकिर गरे।

सो अन्तरक्रिया कार्यक्रममा काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहहरूमा एमाले पार्टीका तर्फबाट निर्वाचित प्रमुख तथा उपप्रमुखसहित वडाध्यक्षहरूको सहभागिता रहेको छ । 

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ४ : २७ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको