निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग « Khabarhub

निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले निषेधित क्षेत्रको पदयात्रामा एक जना मात्र विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न माग गरेको छ ।

टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले आज एक विज्ञप्ति जारी गरी निषेधित क्षेत्रको पदयात्राका लागि कम्तीमा दुई जनाको समूहमा मात्र विदेशी पर्यटक जान पाउने हालको व्यवस्थालाई परिवर्तन गरी एक जना मात्र जाने व्यवस्था गर्न सरकारलाई आग्रह गरे।

टानले सङ्घीय सरकारको मंगलबारको मन्त्रिपरिषद्को निर्णयबमोजिम अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गरी माथिल्लो मुस्ताङ क्षेत्रमा पदयात्रा गर्न जाने विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति ५० अमेरिकी डलर कायम गरेकोप्रति सरकारलाई धन्यवादसमेत दिएको छ ।

टानका अध्यक्ष सागर पाण्डेले सडक सञ्जालको निर्णयका कारण निषेधित क्षेत्रमा गरिने पदयात्राको अवधि छोट्टिएका कारण पर्यटकले निषेधित क्षेत्रमा बिताउने वास्तविक दिनका आधारमा पदयात्रा अनुमति दस्तुर लिने व्यवस्था टानले लामो समयदेखि उठाउँदै आएको जानकारी दिए।

माथिल्लो मुस्ताङ जस्तै माथिल्लो डोल्पा क्षेत्रको पदयात्रामा जाने पर्यटकलाई पनि पदयात्रा अनुमतिपत्र लिनुपर्ने हालको नियमलाई परिमार्जन गरी पर्यटकको वास्तविक बसाइँ अवधिका आधारमा शुल्क लिने व्यवस्था मिलाउन उनले सरकारसँग आग्रह गरे । 

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ४ : ३९ बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा