निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग « Khabarhub

निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले निषेधित क्षेत्रको पदयात्रामा एक जना मात्र विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न माग गरेको छ ।

टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले आज एक विज्ञप्ति जारी गरी निषेधित क्षेत्रको पदयात्राका लागि कम्तीमा दुई जनाको समूहमा मात्र विदेशी पर्यटक जान पाउने हालको व्यवस्थालाई परिवर्तन गरी एक जना मात्र जाने व्यवस्था गर्न सरकारलाई आग्रह गरे।

टानले सङ्घीय सरकारको मंगलबारको मन्त्रिपरिषद्को निर्णयबमोजिम अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गरी माथिल्लो मुस्ताङ क्षेत्रमा पदयात्रा गर्न जाने विदेशी नागरिकका लागि पदयात्रा अनुमति दस्तुर प्रतिव्यक्ति ५० अमेरिकी डलर कायम गरेकोप्रति सरकारलाई धन्यवादसमेत दिएको छ ।

टानका अध्यक्ष सागर पाण्डेले सडक सञ्जालको निर्णयका कारण निषेधित क्षेत्रमा गरिने पदयात्राको अवधि छोट्टिएका कारण पर्यटकले निषेधित क्षेत्रमा बिताउने वास्तविक दिनका आधारमा पदयात्रा अनुमति दस्तुर लिने व्यवस्था टानले लामो समयदेखि उठाउँदै आएको जानकारी दिए।

माथिल्लो मुस्ताङ जस्तै माथिल्लो डोल्पा क्षेत्रको पदयात्रामा जाने पर्यटकलाई पनि पदयात्रा अनुमतिपत्र लिनुपर्ने हालको नियमलाई परिमार्जन गरी पर्यटकको वास्तविक बसाइँ अवधिका आधारमा शुल्क लिने व्यवस्था मिलाउन उनले सरकारसँग आग्रह गरे । 

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ४ : ३९ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको