एमाले नेता रोकिएकोबारे रास्वपाले भन्यो : निर्वाचन गर्ने भए राजनीतिक दलले कार्यक्रम गर्न पाउनुपर्छ « Khabarhub

एमाले नेता रोकिएकोबारे रास्वपाले भन्यो : निर्वाचन गर्ने भए राजनीतिक दलले कार्यक्रम गर्न पाउनुपर्छ


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

कलैया (बारा) – नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्यूरो सदस्य महेश बस्नेत बारा जिल्लामा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन सिमरा हुँदै आउने क्रममा बुधबार दिउँसो तनाव उत्पन्न भएको छ।

सिमरा विमानस्थलमा जेन–जीको नाम लिएर एक समूहले तोडफोड तथा प्रदर्शन गरेपछि स्थिति केही समय नियन्त्रणबहिर पुगेको थियो। प्रदर्शनकारी र प्रहरीले एकअर्कामाथि ढुंगामुढा र धकेलाहेले गर्दै झडपसमेत भयो।

झडपकै बीच काठमाडौंबाट सिमरा उड्न लागेको बुद्ध एयरको जहाज पनि केही समय रोक्नु परेको थियो। सुरक्षाको संवेदनशीलता बढेपछि जिल्ला प्रशासन कार्यालय बाराले दिउँसो १२:३० बजेदेखि बेलुका ८ बजेसम्म जीतपुरसिमरा क्षेत्रमा कर्फ्यू आदेश जारी गर्‍यो।

यही घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ। रास्वपा प्रवक्ता मनिष झाले एमाले नेताहरूलाई रोकिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै राजनीतिक दललाई गतिविधि गर्न पाउनुपर्ने बताए।

उनले निर्वाचन नजिकिँदै गर्दा वातावरण बनाउन सबै दललाई कार्यक्रम गर्न पाउने स्वतन्त्रता सुनिश्चित हुनु जरूरी भएको बताए।

रास्वपाले भनेको छ, ‘निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ। आज सिमरामा भएको घटना संवेदनशील छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौँ।’

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ४ : ४३ बजे

नेपाली कम्युनिष्ट पार्टीले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र