काठमाडौंविरुद्धको ब्याटिङमा सुदूरपश्चिमको बिजोग, १० ओभर खेल्दा ५ विकेट गुमाएर केबल ५९ रन « Khabarhub

काठमाडौंविरुद्धको ब्याटिङमा सुदूरपश्चिमको बिजोग, १० ओभर खेल्दा ५ विकेट गुमाएर केबल ५९ रन


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गत बुधबारको खेलमा काठमाडौं गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ बिजोग देखिएको छ ।

पहिलो ओभरमै ब्याटिङमा खराब देखिएको सुदूरपश्चिले खेल १० ओभरमा पुग्दा विकेट गुमाएर ५९ रन मात्रै जोडेको हो ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिमा उत्रिएको सुदूरपश्चिमको पहिलो ओभरमै दुई ओपनर गुमायो । पहिलो ओभरको दोस्रो बलमा जोस ब्राउन र त्यही ओभरको अन्तिम बलमा बिनोद भण्डारी आउट भए । काठमाडौंका कप्तान तथा बलर किरण केसीले यी दुवैलाई रनको खाता खोल्न समेत दिएनन् ।

किरणकै बलमा अर्का ब्याटर क्रिस लिन पनि आउट भए । उनीहरु १० बल खर्चेर २ रन जोड्दै २ ओभरको पाँचौ बलमा आउट भए ।

सुरुमा धर्मराएको सुदूरपश्चिमको ब्याटिङलाई उकास्ने अवसर ब्याटर इशान पाण्डेलाई थियो । उनी पनि मिलिन्द कुमार बलमा मोहम्मद आदिल आलममार्फत् क्याच आउट भए ।

आशफि शेखको सुदूरपश्चिको ब्याटिङ उकास्ने प्रयास गरेका थिए । तर, राशिद खान एलबीडब्ल्यू धरापमा परेपछि उनी क्रिजमा लामो समय टिकेनन् । २४ बलमा २४ रन जोड्दा उनले तीन चौका प्रहार गरे ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ४ : ५२ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी