जेन-जीका संयोजकको जिकिर : एमालेलाई रोक्न खोजेको होइन, कुटपिट भएपछि प्रतिकार गर्‍यौँ « Khabarhub

जेन-जीका संयोजकको जिकिर : एमालेलाई रोक्न खोजेको होइन, कुटपिट भएपछि प्रतिकार गर्‍यौँ


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाराको सिमरामा बुधबार कर्फ्यू लगाउनु पर्ने तनावपूर्ण अवस्थालाई लिएर आरोप-प्रत्यारोप भइरहेको छ ।

नेकपा एमालेले बाराको परवानीपुरमा गर्न लागेको कार्यक्रमलाई जेन-जीको नाममा एउटा समूहले अवरोध गर्न खोजेको आरोप लागेको छ।

अर्कातिर आफूलाई जेन-जीका रुपमा चिनाउनेहरूले यो तनावको मुख्य कारण नै एमाले भएको जिकिर गरेको छ।

आफूलई जेन-जीको मधेस प्रदेश संयोजकका रुपमा चिनाएका शिव यादवले एमालेको कार्यक्रममा कुनै अवरोध नगरेको र गर्ने मनासय नरहेको पनि बताएका छन् ।

बुधबार सिमरा चोकमा जेन-जीको कार्यक्रम तय गरिएको थियो । यो कार्यक्रममा एमालेका कार्यकर्ता परिचालित गरेर बिथोल्न खोजिएको उनले दाबी गरे । जेन-जी बारा संयोजक सम्राट उपाध्यायसहितलाई एमाले कार्यकर्ताले कुटपिट गरेको उनले जिकिर गरे ।

उता एमालेले परवानीपुरमा कार्यक्रम राखेको थियो । एमालेका कार्यकर्ता सिमरामा आएर जेन-जीहरूको अपमान, दुर्व्यवहार र कुटपिट गरेको उनले बताए ।

‘एमालेबाटै आक्रमण भएको स्पष्ट छ,’ उनले भने, ‘गलत सूचना गइरहेको छ। यो सूचनाले जेन-जी आन्दोलनलाई बदनाम गर्न खोजिएको छ ।’

उनले एमालेका कार्यकर्ताहरूलाई पक्राउ गरी कानुनी कारबाही हुनुपर्ने बताए । ‘आजको घटनाका मुख्य योजनाकार महेश बस्नेतलाई मधेस निषेधको व्यवस्था मिलाउन सरकारसँग माग गर्दछु’, उनले भने ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ५ : ०८ बजे

सुदूरपश्चिमले बलिङमा लय समात्दा काठमाडौं २९ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा सुदूरपश्चिम रोयल्सको

एनपीएलका नाममा दर्शकसँग जबरजस्ती असुली, दर्तै नभएको संस्था देखाएर अवैध पार्किङबाट कमाऊ धन्दा

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट

म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए

काठमाडौं– आकर्षक रोजगारीको प्रलोभनमा परी म्यानमारमा ठगिएका ३७ नेपाली नागरिकलाई

सुदूरपश्चिमविरुद्ध जवाफी ब्याटिङ गरिरहेको काठमाडौं संकटतिर

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा सुदूरपश्चिमविरुद्धको ब्याटिङमा