विश्वका आधा जनसङ्ख्या सहरमा केन्द्रित : संयुक्त राष्ट्रसङ्घ « Khabarhub

विश्वका आधा जनसङ्ख्या सहरमा केन्द्रित : संयुक्त राष्ट्रसङ्घ


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले मंगलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वको ८.२ अर्ब जनसङ्ख्यामध्ये करिब आधा मानिस अहिले शहरमा बसोबास गर्छन् ।

‘विश्व शहरीकरण प्रतिवेदन सन् २०२५’ ले विश्व सात दशकयता लगातार शहरी बन्दै गएको उल्लेख गरेको छ । सन् १९५० मा विश्वको जम्मा २० प्रतिशत जनसङ्ख्या मात्र शहरमा बस्थ्यो, तर अहिले यो दर बढेर ४५ प्रतिशत पुगेको छ ।

सन् १९७५ मा १० लाखभन्दा धेरै जनसङ्ख्या भएका ठूलो आकारका शहरहरू आठवटा मात्र थिए । सन् २०२५ सम्म आइपुग्दा ती सङ्ख्या बढेर ३३ पुगेका छन्, जसमा १९ वटा एसियामा पर्दछन् ।

प्रतिवेदनले इन्डोनेसियाको जाकार्तालाई विश्वकै सबैभन्दा धेरै बस्ती भएको शहर बताएको छ, जहाँ करिब ४२ लाखभन्दा बढी मानिस बसोबास गर्छन् । सन् २०५० सम्म यस्ता ठूलो आकारका शहरको सङ्ख्या ३७ पुग्ने अनुमान गरिएको छ ।

यद्यपि, प्रतिवेदनका अनुसार ठूलो शहरभन्दा साना र मध्यम आकारका शहरहरूमा धेरै मानिस बसोबास गर्छन् र ती शहरहरू अझ छिटो गतिमा बढिरहेका छन् ।

अध्ययनमा समावेश १२ हजार शहरमध्ये ९६ प्रतिशतमा १० लाखभन्दा कम जनसंख्या छ, र ८१ प्रतिशतमा २.५ लाखभन्दा कम जनसङ्ख्या रहेको पाइएको छ ।

विश्वभरका शहरहरूको सङ्ख्या सन् १९७५ देखि २०२५ सम्म दोब्बरभन्दा बढी बढेको छ । सन् २०५० सम्म यो सङ्ख्या १५ हजारभन्दा धेरै पुग्ने अनुमान छ, जसमा धेरै शहरहरूमा २.५ लाखभन्दा कम जनसङ्ख्या रहनेछ ।

साना बस्तीहरूमा बस्ने जनसङ्ख्या सन् १९५० मा ४० प्रतिशत भए पनि सन् २०२५ सम्म आइपुग्दा घटेर ३६ प्रतिशतमा पुगेको छ । ग्रामीण क्षेत्रमा बस्ने जनसङ्ख्या झरेर १९ प्रतिशत मात्र बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ ।

पाँच हजारभन्दा बढी जनसङ्ख्या र पर्याप्त घनत्व भएका बस्तीहरू ७१ देशमा सबैभन्दा सामान्य बस्ती प्रकार रहेका छन् । ग्रामीण बस्तीहरू भने १९७५ मा ११६ देशमा मुख्य बस्ती प्रकार भए पनि अहिले ६२ देशमा मात्र सीमित छन् ।

संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारी ली जुनह्वाले भने ,’शहरीकरण यो युगको निर्णायक शक्ति हो । यसको समावेशी र योजनाबद्ध व्यवस्थापनले जलवायु सुरक्षा, आर्थिक वृद्धि र सामाजिक समानताको नयाँ बाटो खोल्न सक्छ । त्यसैले प्रत्येक देशले आवास, भू–व्यवस्था, यातायात र सार्वजनिक सेवाहरूलाई शहर र गाउँ दुवै क्षेत्रमा मिलाएर अघि बढाउनुपर्छ ।’

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ५ : २० बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक