सुदूरपश्चिमलाई संकटबाट उद्धार गरेर आउट भए हर्मित सिंह « Khabarhub

सुदूरपश्चिमलाई संकटबाट उद्धार गरेर आउट भए हर्मित सिंह


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा काठमाडौंविरुद्ध सुदूरपश्चिमका हर्मित सिंहले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका हर्मितले १९ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ५३ रन बनाए । उनी २० औं बल सामान गर्ने क्रमम सन्नी पटेलको बलिङमा आउट भएका हुन् । जारी सिजनमा अर्धशतक प्रहार गर्ने हर्मित छैटौं खेलाडी हुन् ।

सिजनकै पहिलो अर्धशकप्रहार गर्ने जनकपुर बोल्ट्सका आशिफ शेख हुन् । उनले उद्घाटन खेलमा काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका हुन् ।

खेलमा दोस्रो अर्धशतक प्रहार गर्ने कर्णालीका प्रियांक पञ्चाल हुन् । उनले एपीएल अन्तर्गतको दोस्रो खेलमा चिवतन राइनोविरुद्ध अर्धशतक प्रहार गरेका हुन् ।

यही खेलमो जवाफी ब्याटिङका क्रममा चितवनका रवि बोपाराले कर्णालीविरुद्ध ५२ रन प्रहार गर्दै यो सिजनका तेस्रो अर्धशक आफ्नो नाममा सुरक्षित गरे ।

विराटनगर बोल्ट्सका ओपनर लोकेश बमले पोखरा एभेन्जर्सविरुद्ध सिजनको चौथो अर्धशतक प्रहार गरे । यो सिजनको तेस्रो खेलका क्रममा उनले अर्धशतक प्रहार गरेका हुन् । उक्त खेलमै विराटनगरकै ब्याटर मार्टिन गुप्टिलले ६१ रन प्रहार गर्दै पाँचौ अर्धशतक प्रहार गरे ।

यो सिजनमा एकै खेलमा एकै टिमका दुई खेलाडी अर्धशतक प्रहार गरेको यो पहिलो घटना हो ।

एनपीएलको तेस्रो खेलको जवाफी ब्याटिङका क्रममा पोखराका कप्तान कुशल भुर्तेलले सिजनको पाँचौ अर्धशकत प्रहार गरेका हुन् । विराटनगरविरुद्ध जावाफी ब्याटिङमै उनले ५९ रन जोडेका थिए ।

सुदूरपश्चिका दुई ओपनर शून्यमा आउट भए । पहिलो ओभरमै ओपनर जोश ब्राउन र बिनोद भण्डारीलाई करण केसीले आउट गरे ।

पहिलो विकेट गुमेपछि ब्याटिङमा आएका क्रिक लिन पनि २ रनमै आउट भए । उनले १० बल खर्चिएका थिए । त्यस्तै नरेन साउदले पनि दोहोरो अंक जोड्न सकेनन् ।

उनलाई मिलिन्दा कुमारले ६ रनमा आउट गराए । उनले १२ बल खर्चिएका थिए । स्कट कुगेलेइजन पनि ३ बल खेलेर १ रनमै आउट भए ।

खेल १० ओभरमा पुग्दा ५ विकेटको क्षतिमा ५९ रन बनाएको सुदूरपश्चिमको ब्याटिङ उकास्न दीपेन्द्रसिंह ऐरी प्रयास गरे । उनले ३० बलमा तीन चौका र एक छक्का प्रहार गरेर आउट भए । उनी रशिदको बलिङमा आउट भएका हुन् ।

सुदूरपश्चिमको ब्याटिङ उकास्न हर्मित सिंहले ब्याट चलाएका छन् । खेल १८ ओभरमा पुग्दा उनले १८ बलमा ६ छक्का र एक चौकाको सहयोगमा अर्धशतक बनाएर आउट भएका छन् ।

उनले २० बलमा २ चौका र ६ छक्का हान्दै ५३ रन बनाएको अवस्थामा आउट भएका छन् । अहिले सुदूरपश्चिमले १९ ओभरमा ९ विकेट गुमाउँदै १४२ रनको मध्य स्कोर बनाइसकेको छ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ५ : ३७ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक