हर्मितले ब्याटिङ उकास्दा सुदूरपश्चिमले काठमाडौंलाई दियो १४८ रनको लक्ष्य « Khabarhub

हर्मितले ब्याटिङ उकास्दा सुदूरपश्चिमले काठमाडौंलाई दियो १४८ रनको लक्ष्य


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग अन्तर्गतको बुधबारको खेलमा सुदूरपश्चि रोयल्सले काठमाडौ गुर्खाज विरुद्ध १४८ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको हो ।

सुरुवातमा ब्याटिङमा खराब देखिएको सुदूरपश्चिमको ब्याटिङलाई मध्यक्रमका ब्याटर हर्मित सिंहले उकासेका हुन् । आजको खेलमा अर्धशतक प्रहार गरेका उनले २० बलमा २ चौका र ६ छक्काको सहयोगमा ५३ रन जोडे ।

हर्मितले थोरै बलको सहायतमा अर्धशतक प्रहार गरे । उनकै बलियो ब्याटिङले सुदूरपश्चिम मध्यम लक्ष्य प्रस्तुत गर्न सफल भएको हो ।

दीपेन्द्रसिंह ऐरीको पनि ब्याटिङ राम्रै चल्यो । उनले ३० बलमा तीन चौका र १ छक्काको सहयोगमा ३९ रन जोडे ।

१० ओभरमा पुग्दा ५ विकोटको क्षतिमा ५९ रनको दयनीय अवस्थमा रहेको हिर्मित र दीपेन्द्रले नै ब्याटिङ उकासेका हुन् ।

आरिफ शेखले भने २४ बलमा २५ रन जोडे ।

सुदूरपश्चिमका अन्य ब्याटरहरुको प्रस्तुती सम्झन लायक बनेन ।

सुदूरपश्चिमका सुरुवाती क्रमका ब्याटर सामु काठमाडांैका बलर करण केसी हाबी भए । उनले ओपरद्वय जोश ब्राउन र बिनोद भण्डारीलाई रनको खाता खोल्न नदिइ पहिलो ओभरमै मैदानबाट निकाले ।

ब्राउनको विकेट खसेपछि ब्याटिङमा आएका क्रिस लिन पनि करणकै बलमको शिकार भएर दुई रनमै आउट भए । उनले १० बल खर्चिए ।

इशान पाण्डेले ११ रन जोड्दा अन्यले दोहोरो रन बनाउन सकेनन् ।

बलिङतर्फ करण केसीले चार विकेट लिए । उनले चार ओभर बलिङ गर्दा ३० रन खर्चिए । सुदूरपश्चिमका सबैभन्दा बढी रन हान्ने हर्मितलाई सन्नी पटेलले आउट गरे । पटेलले जम्मा दुई विकेट लिए ।

मिलिल्द कुमार भने खर्चिला बलर बने । उनले दुई विकेट लिए भने चार ओभर बलिङ गर्दा ४० रन खर्चिए ।

रसिद खानले दुई महत्तपूर्ण विकेट लिए । उनले आरिफ शेख र दीपेन्द्र सिंह ऐरीको विकेट लिए । ४ ओभर बलिङ गर्दा उनले २३ रन खर्चिए ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ५ : ४१ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच