‘समयमै सडक निर्माण नभएका २५० भन्दा बढी ठेक्का तोड्ने प्रक्रियामा छौँ’ « Khabarhub

‘समयमै सडक निर्माण नभएका २५० भन्दा बढी ठेक्का तोड्ने प्रक्रियामा छौँ’


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले तोकिएको समयमा सडक निर्माण हुन नसकेका २५० भन्दा बढी ठेक्का तोड्ने प्रक्रियामा रहेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बाजुराको मार्तडी सडकखण्डलाई सुचारु गर्नुपर्ने माग गर्दै युवाहरूको ज्ञापन पत्र बुझ्दै मन्त्री घिसिङले ठेक्का लिएर समयमा नै आयोजना पुरा नगर्ने प्रवृत्तिलाई अन्त्य गर्न सडक क्षेत्रमा २५० भन्दा बढी ठेक्का तोड्ने प्रक्रियामा अघि बढेको बताएका हुन् । 

उनले लामो समयसम्म ठेक्का होल्ड गर्दा जनतालाई सास्तीका साथै देशलाई नै ठुलो हानी पुराउने काम भएको धारणा राखे । सडकका साथै भौतिक, शहरीबिकास र ऊर्जा सिचाई क्षेत्रका ठुलो आयोजनाका काम पनि अघि बढ्न नसके ठेक्का तोड्ने उनले बताए ।

 घिसिङले राज्यले बजेट छुट्टाएर सुरु गर्न खोजेका आयोजनाको ठेक्का लिएर काम सुरु नगर्नु राष्ट्रकै लागि घात हुन जाने धारणा राखे । आफ्नो ठेक्का समयमा नै सम्पन्न गर्न उनले निर्माण व्यवसायीहरूलाई आग्रह गरे । 

बाजुराको मार्तडी सडकखण्डलाई सुचारु गर्ने विषयमा मन्त्रालयले विशेष ध्यान दिने उनले प्रतिबद्धता जनाए । प्रदेश सरकारले पुरा गर्न नसके सङ्घ सरकारले आवश्यक सहयोग गरी अघि बढाउन तयार रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ६ : ५६ बजे

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका

भारतले दोस्रो चरणमा पठायो ३७.६ टन राहत सामग्री 

काठमाडौं– भारत सरकारले रसुवाका बाढीपीडितका लागि दोस्रो चरणको मानवीय सहायता

विपत्तिमा राष्ट्रिय एकताको खाँचो छ : प्रचण्ड

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले विपत्तिका

बाढी प्रभावितका लागि अमेरिकाद्वारा पाँच लाख डलर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालको रसुवामा आएको आकस्मिक बाढीका कारण भएको धनजनको

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन