सरकार र बञ्जरेडाँडाका स्थानीयसँगको वार्ता निष्कर्षविहीन « Khabarhub

सरकार र बञ्जरेडाँडाका स्थानीयसँगको वार्ता निष्कर्षविहीन


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विगतमा भएमा सहमति कार्यान्वयनको माग गर्दै काठमाडौँ उपत्यकाको फोहोर फाल्न अवरोध गर्दै आएका बञ्चरैडाँडाका स्थानीयसँग भएको वार्ता विनानिष्कर्षविहीन टुङ्गिएको छ।

बुधवारबाट फोहोर लैजान अवरोध गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सरोकारवालासँग बैठक आयोजना गरेका थिए।

शहरी विकास मन्त्रालय, प्रभावित धादिङको धुनिवेँसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, काठमाडौँ महानगरपालिका पदाधिकारी र स्थानीय बासिन्दाको प्रतिनिधिका रुपमा अधिवक्ता सुभास पाठकको सहभागिता थियो।

विगतमा गरिएका अधिकांश सहमति कार्यान्वयनमा गइसकेका र पूरक वातावरणीय प्रभाव मूल्याङ्कनपछि प्रभावित क्षेत्रको एकिन भएपछि ल्याण्डफिल्डका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु हुने उल्लेख गर्दै मन्त्री घिसिङले विभिन्न माग राखी पटक–पटक फोहर लैजान अवरोध गर्दा नराम्रो सन्देश जाने भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरे।

उनले समस्या समाधानका लागि प्रधानमन्त्रीसँग पछि छलफल गरिएकाले सहमतिलाई कार्यान्वयन गर्न सकारात्मक रुपमा काम गरिरहेको बताए। त्यसपछि बैठकमा सहभागी भएका अधिवक्ता पाठकबाट नै बैठकको निर्णयका ९ बुँदे मस्यौदा तयार परिएको थियो।

यसमा बैठकमा सहभागी दुवै पालिकाका जनप्रतिनिधि सहमत थिए। मन्त्री घिसिङको उपस्थितिमा निर्णयमा हस्ताक्षर गर्ने क्रममा आफैँले तयार गरेको निर्णयमा असहमति जनाउँदै पाठक निस्किएपछि अन्य जनप्रतिनिधिलेसमेत हस्ताक्षर गर्न नमानेको घिसिङको सचिवालयले जनाएको छ।

त्यसपछि मन्त्री घिसिङले माग सम्बोधन गर्न आफूहरु हदैसम्मको लचक भएको तर एकपछि अर्को नयाँ माग थप्दै जाने हो भने महानगर र स्थानीयबीचको विषयबाट आफूहरु हात उठाउन बाध्य हुने चेतावनी दिए।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ८ : ५२ बजे

आठ हजार पाँचसय पर्यटकले गरे मनासलु क्षेत्र भ्रमण

काठमाडौँ- चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय

नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी

तनहुँमा बोलेरो जिप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा जिप दुर्घटना

मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख बढी पर्यटक

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनाको अवधिमा

वर्तमान प्रहरी नेतृत्व अब एक्सनमा जान्छ: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले प्रहरीको नयाँ नेतृत्व अब