सरकार र बञ्जरेडाँडाका स्थानीयसँगको वार्ता निष्कर्षविहीन « Khabarhub

सरकार र बञ्जरेडाँडाका स्थानीयसँगको वार्ता निष्कर्षविहीन


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विगतमा भएमा सहमति कार्यान्वयनको माग गर्दै काठमाडौँ उपत्यकाको फोहोर फाल्न अवरोध गर्दै आएका बञ्चरैडाँडाका स्थानीयसँग भएको वार्ता विनानिष्कर्षविहीन टुङ्गिएको छ।

बुधवारबाट फोहोर लैजान अवरोध गरेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सरोकारवालासँग बैठक आयोजना गरेका थिए।

शहरी विकास मन्त्रालय, प्रभावित धादिङको धुनिवेँसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, काठमाडौँ महानगरपालिका पदाधिकारी र स्थानीय बासिन्दाको प्रतिनिधिका रुपमा अधिवक्ता सुभास पाठकको सहभागिता थियो।

विगतमा गरिएका अधिकांश सहमति कार्यान्वयनमा गइसकेका र पूरक वातावरणीय प्रभाव मूल्याङ्कनपछि प्रभावित क्षेत्रको एकिन भएपछि ल्याण्डफिल्डका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु हुने उल्लेख गर्दै मन्त्री घिसिङले विभिन्न माग राखी पटक–पटक फोहर लैजान अवरोध गर्दा नराम्रो सन्देश जाने भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरे।

उनले समस्या समाधानका लागि प्रधानमन्त्रीसँग पछि छलफल गरिएकाले सहमतिलाई कार्यान्वयन गर्न सकारात्मक रुपमा काम गरिरहेको बताए। त्यसपछि बैठकमा सहभागी भएका अधिवक्ता पाठकबाट नै बैठकको निर्णयका ९ बुँदे मस्यौदा तयार परिएको थियो।

यसमा बैठकमा सहभागी दुवै पालिकाका जनप्रतिनिधि सहमत थिए। मन्त्री घिसिङको उपस्थितिमा निर्णयमा हस्ताक्षर गर्ने क्रममा आफैँले तयार गरेको निर्णयमा असहमति जनाउँदै पाठक निस्किएपछि अन्य जनप्रतिनिधिलेसमेत हस्ताक्षर गर्न नमानेको घिसिङको सचिवालयले जनाएको छ।

त्यसपछि मन्त्री घिसिङले माग सम्बोधन गर्न आफूहरु हदैसम्मको लचक भएको तर एकपछि अर्को नयाँ माग थप्दै जाने हो भने महानगर र स्थानीयबीचको विषयबाट आफूहरु हात उठाउन बाध्य हुने चेतावनी दिए।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ८ : ५२ बजे

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता