झुम्का कारागारका पाँचसय ५६ कैदी अझै फरार « Khabarhub

झुम्का कारागारका पाँचसय ५६ कैदी अझै फरार


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विराटनगर – कोशी प्रदेशको झुम्कास्थित कारागारका ५५६ जना कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ । जेनजी आन्दोलको दोस्रो दिन भदौ २४ गते ठूलो सङ्ख्यामा आएका जमातले कारागारमा तोडफोड र आगजनी गर्ने प्रयास गरेको थियो ।

कारागारका प्रशासनको होसियारीले कारागारमा आगजनी हुन सकेन तर सो समयमा रहेका एक हजार ७९६ कैदी भने भाग्न सफल भएका थिए । सो दिन तीन जना कैदी बिरामी भएका कारण अस्पतालमा रहेको कारागार प्रमुख सुवास लामिछानेले जानकारी दिए ।

फरार सबै कैदीमध्ये केही आफै फर्केर आएका थिए भने केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको थियो । फरार रहेका ५५६ कैदीबन्दीको व्यापक खोजतलास भइरहेको प्रमुख लामिछानेले बताए ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ८ : ४८ बजे

जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित

टोकियो– जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, सोमबार प्रक्षेपण

‘पूर्णबहादुरको सारङ्गी’को क्रिडिट लिन पाएका तीनै फिल्म फ्लप

काठमाडौं – ०८१ कात्तिकमा प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ व्यापारिक रुपमा

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङ– केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू सुनसान भएका

यातायात क्षेत्र सुधारका लागि सक्रिय भयो उच्चस्तरीय आयोग, एक महिने म्यान्डेट 

काठमाडौं– सरकारद्वारा गठित यातायात क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोगले औपचारिक रूपमा

भिरबाट लडेर एक जनाको मृत्यु

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु