केन्द्रीय सुरक्षा समिति बैठकको यस्तो छ तीन बुँदे निर्णय « Khabarhub

केन्द्रीय सुरक्षा समिति बैठकको यस्तो छ तीन बुँदे निर्णय


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिमरा घटनापछि आज साँझ केन्द्रीय सुरक्षा समितिको बैठकले विभिन्न निर्णय गरेको छ।

समितिको बैठकले शान्ति सुरक्षालाई प्रभावकारी बनाउँदै निर्वाचनको वातावरण सिर्जना गर्ने गरी सबै सुरक्षा निकाय परिचालन गर्ने निर्णय गरेको छ।

समितिले वर्तमान अवस्थालाई मध्यनजर गरी सबै सुरक्षा निकायहरूले आपसी समन्वयमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने निर्णय पनि गरेको छ।

यी हुन् समितिका ३ बुँदे निर्णय

१, मुलुकको पछिल्लो सुरक्षा अवस्था, चारवटै सुरक्षा निकायहरूबाट सुरक्षा चुनौतीको प्रस्तुति, छलफल एवम् सोको समीक्षा र विश्लेषणसमेत गरियो।

२, आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न विगतमा सम्पन्न निर्वाचनको अनुभव र सिकाई समेतको आधारमा मजवुत सुरक्षा व्यवस्था गर्न “प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२” तयार भइ चारवटै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूमा पठाई कार्यान्वयन चरणमा रहेको छ। निर्वाचन सुरक्षा योजना, २०८२ मा प्रदेशस्तरमा प्रदेश प्रमुख सचिवको संयोजकत्वमा प्रदेशस्थित सबै सुरक्षा निकायका प्रमुखहरू र आन्तरिक मामिला हेर्ने मन्त्रालयका सचिव सदस्य साथै सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी आमन्त्रित रहने गरी प्रदेश कमाण्ड पोष्ट तथा निर्वाचन सेल रहने प्रबन्ध रहेकोले सबै प्रदेशका प्रमुख सचिवलाई सो मुताविक कमाण्ड पोष्ट तथा निर्वाचन सेल गठन गरी निर्वाचन सुरक्षा व्यवस्थापनमा सक्रियरूपमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत लेखी पठाउने।

३, वर्तमान अवस्थालाई मध्यनजर गरी सबै सुरक्षा निकायहरूले आपसी समन्वयमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ९ : ०२ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित