दुर्गा प्रसाईँका सुरक्षागार्ड दीपक खड्का पनि पक्राउ, अभद्र व्यवहारको मुद्दामा अनुसन्धान सुरु « Khabarhub

दुर्गा प्रसाईँका सुरक्षागार्ड दीपक खड्का पनि पक्राउ, अभद्र व्यवहारको मुद्दामा अनुसन्धान सुरु


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नागरिक बचाउ महाअभियानका अध्यक्ष तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका निजी सुरक्षागार्ड दीपक खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ।

मंगलबार प्रसाईंलाई भेट्न पुगेका खड्कासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो।

यी मध्ये ८ जनालाई छोडेर खड्कालाई भने हिरासतमै राखिएको थियो। उनीविरुद्ध अभद्र व्यवहारमा म्याद लिएर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रसाईंलाई प्रहरीले सोमबार राति उनकै निवासबाट पक्राउ गरेको थियो। उनीमाथि सार्वजनिक शान्तिमा खलल पु¥याएको आरोपमा जिल्ला प्रशासन काठमाडौँबाट ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ। आन्दोलन अघि नै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनको अभियानले भने मंगलबार जिल्ला प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाउँदै रिहाइका लागि २४ घण्टे अल्टिमेटम दिएको थियो। त्यस्तै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले पनि उनलाई बिनाशर्त रिहाइ गर्न माग गरेको छ।

त्यस्तै बुधबारमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि प्रसाईँलाई रिहा गर्न माग गरेका थिए।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ९ : २५ बजे

जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित

टोकियो– जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, सोमबार प्रक्षेपण

‘पूर्णबहादुरको सारङ्गी’को क्रिडिट लिन पाएका तीनै फिल्म फ्लप

काठमाडौं – ०८१ कात्तिकमा प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ व्यापारिक रुपमा

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङ– केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू सुनसान भएका

यातायात क्षेत्र सुधारका लागि सक्रिय भयो उच्चस्तरीय आयोग, एक महिने म्यान्डेट 

काठमाडौं– सरकारद्वारा गठित यातायात क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोगले औपचारिक रूपमा

भिरबाट लडेर एक जनाको मृत्यु

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु