हामी निर्वाचनबाट देश नयाँ पुस्ताको हातमा जाओस् भन्ने चाहन्छौँ : प्रधानमन्त्री कार्की « Khabarhub

हामी निर्वाचनबाट देश नयाँ पुस्ताको हातमा जाओस् भन्ने चाहन्छौँ : प्रधानमन्त्री कार्की


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले आफू नेतृत्वको सरकारको जिम्मेवारी फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा निर्वाचन भएको बताएकी छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सर्वदलीय बैठकलाई सम्बोधन गर्दै कार्कीले चुनावपछि देश नयाँ पुस्ताको हातमा जाओस् भन्ने चाहना भएको बताएकी हुन्।

उनले नयाँ र भिजनरी युवाको हातमा सत्ता सुम्पिने इच्छा रहेको पनि सुनाइन्। ‘हामी निर्वाचन गराउनै आएका हौँ। हामी चाहन्छौँ यो देश नयाँ पुस्ताको हातमा जाओस्, केही भिजन भएको मान्छेले यो देश सम्हालिदेओस्,’ उनले भनिन्, ‘हिजोका सबै भ्रष्टाचारी र फटाहा हुन् भन्न खोजेको होइन।’

उनले अबको निर्वाचन धनबलको भरमा नभई जनबलको भरमा हुनुपर्नेमा जोड दिइन्। कम खर्चमा चुनाव लड्न सक्ने वातावरण बनोस् भनेर सरकारले काम गरिरहेको उनको भनाइ छ।

त्यस्तै उनले आफू चुनाव लड्ने दौडमा नरहेको पनि स्पष्ट पारिन्। केहीअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक अन्तर्वार्तामा प्रधानमन्त्री सुशीला कार्कीलाई झापाबाट चुनाव लडेर आफूलाई हराउन चुनौती दिएका थिए।

जवाफमा प्रधानमन्त्री कार्कीले आफ्नो प्राथमिकता चुनाव र सत्ता नभएको बताएकी हुन्। ‘मलाई झापामा चुनाव लड्न आऊ भनेको पनि सुनेको छु। म स्पष्ट पार्न चाहन्छु– म चुनाव लड्दिनँ । म यहाँ चुनाव लड्न आएको पनि होइन।’

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : १३ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट