एनपीएलमा खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव गर्ने दुई जना पक्राउ « Khabarhub

एनपीएलमा खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव गर्ने दुई जना पक्राउ


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा म्याच फिक्सिङको प्रस्ताव राख्ने दुई जना पक्राउ परेका छन्।

सट्टेबाजीको प्रस्ताव राख्दै खेलाडीलाई प्रलोभन दिन आएका भारतका २८ वर्षीय दिलप्रित सिंह र बर्दिया घर भई भारत बस्दै आएकी रेविका सिंह ठकुरीलाई प्रहरीले मंगलबार लाजिम्पाटबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रेविकाले आफ्नै इन्स्टाग्राममार्फत एक नेपाली क्रिकेटरलाई ‘स्पोन्सर’ गर्ने नाममा सम्पर्क गरेर भेट्ने प्रस्ताव राखेकी थिइन्। खेलाडीले जिज्ञासा राखेपछि उनीहरु कात्तिक ३० मा विमानमार्फत काठमाडौं आएका थिए।

बाहिर भेट्न खेलाडीले नमानेपछि उनीहरू खेलाडी बस्ने होटलमै पुगेर रन आउट भए बापत एक करोड रुपैयाँ दिने प्रलोभन देखाएका थिए ।

खेलाडीले रकमको लोभमा नपरी तुरुन्तै प्रहरीलाई सूचना दिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले दुवैलाई पक्राउ गरेको हो।प्रहरीले सट्टेबाजी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : १० बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६