एनपीएलमा खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव गर्ने दुई जना पक्राउ « Khabarhub

एनपीएलमा खेलाडीलाई म्याच फिक्सिङको प्रस्ताव गर्ने दुई जना पक्राउ


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा म्याच फिक्सिङको प्रस्ताव राख्ने दुई जना पक्राउ परेका छन्।

सट्टेबाजीको प्रस्ताव राख्दै खेलाडीलाई प्रलोभन दिन आएका भारतका २८ वर्षीय दिलप्रित सिंह र बर्दिया घर भई भारत बस्दै आएकी रेविका सिंह ठकुरीलाई प्रहरीले मंगलबार लाजिम्पाटबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रेविकाले आफ्नै इन्स्टाग्राममार्फत एक नेपाली क्रिकेटरलाई ‘स्पोन्सर’ गर्ने नाममा सम्पर्क गरेर भेट्ने प्रस्ताव राखेकी थिइन्। खेलाडीले जिज्ञासा राखेपछि उनीहरु कात्तिक ३० मा विमानमार्फत काठमाडौं आएका थिए।

बाहिर भेट्न खेलाडीले नमानेपछि उनीहरू खेलाडी बस्ने होटलमै पुगेर रन आउट भए बापत एक करोड रुपैयाँ दिने प्रलोभन देखाएका थिए ।

खेलाडीले रकमको लोभमा नपरी तुरुन्तै प्रहरीलाई सूचना दिएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले दुवैलाई पक्राउ गरेको हो।प्रहरीले सट्टेबाजी सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : १० बजे

‘पूर्णबहादुरको सारङ्गी’को क्रिडिट लिन पाएका तीनै फिल्म फ्लप

काठमाडौं – ०८१ कात्तिकमा प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ व्यापारिक रुपमा

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङ– केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू सुनसान भएका

यातायात क्षेत्र सुधारका लागि सक्रिय भयो उच्चस्तरीय आयोग, एक महिने म्यान्डेट 

काठमाडौं– सरकारद्वारा गठित यातायात क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जाँचबुझ आयोगले औपचारिक रूपमा

भिरबाट लडेर एक जनाको मृत्यु

भद्रपुर– यहाँको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा भिरबाट लडेर एक जनाको मृत्यु

पाँच महिनामा १९ अर्ब बढीको मोबाइल र १५ अर्ब बढीको सुन आयात

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा १९ अर्ब