दलहरूप्रति सरकारको नियत सही छैन : प्रदीप ज्ञवाली « Khabarhub

दलहरूप्रति सरकारको नियत सही छैन : प्रदीप ज्ञवाली


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलप्रति सरकारको नियत ठिक नभएको टिप्पणी गरेका छन्।

बुधबार प्रधानमन्त्रीसँगको छलफलपछि बाहिरिने क्रममा ज्ञवालीले दलहरूलाई नियमित गतिविधि गर्न अवरोध पुर्‍याएर दलहरूको परीक्षण गरिरहेको आरोप लगाए।

उनले प्रधानमन्त्रीले बोलाएकै कारण आफूहरू छलफलमा उपस्थित भए पनि वर्तमान सरकार पूर्णतः असंवैधानिक भएको जिकिर गरे।

‘दलहरूलाई कति च्यालेन्ज गर्न सकिन्छ र दलहरूलाई शान्तिपूर्ण आन्दोलनबाट कति रोक्न सकिन्छ भन्ने कुराको परीक्षण सरकारले गरिरहेको छ,’उनले भने,’यदि यो परीक्षण सफल भयो भने चुनाव त धेरै टाढाको कुरा हो। दलहरूले आफ्नो नियमित गतिविधि र छलफलसमेत गर्न नपाउने स्थिति बन्छ।’

बुधबार प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा निर्वाचनबारे दलहरूसँग छलफल गरेकी हुन्। एमालेका प्रतिनिधि भने छलफल नसकिँदै बाहिरिएका थिए।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : २० बजे

रामहरि खतिवडाद्वारा कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वकेन्द्रीय सदस्य रामहरि खतिवडाले

टिभिएस मोटरको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा

तीन पदका लागि कांग्रेस उपसभापतिमा ६ जनाको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मंगलबार

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको