दलहरूप्रति सरकारको नियत सही छैन : प्रदीप ज्ञवाली « Khabarhub

दलहरूप्रति सरकारको नियत सही छैन : प्रदीप ज्ञवाली


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलप्रति सरकारको नियत ठिक नभएको टिप्पणी गरेका छन्।

बुधबार प्रधानमन्त्रीसँगको छलफलपछि बाहिरिने क्रममा ज्ञवालीले दलहरूलाई नियमित गतिविधि गर्न अवरोध पुर्‍याएर दलहरूको परीक्षण गरिरहेको आरोप लगाए।

उनले प्रधानमन्त्रीले बोलाएकै कारण आफूहरू छलफलमा उपस्थित भए पनि वर्तमान सरकार पूर्णतः असंवैधानिक भएको जिकिर गरे।

‘दलहरूलाई कति च्यालेन्ज गर्न सकिन्छ र दलहरूलाई शान्तिपूर्ण आन्दोलनबाट कति रोक्न सकिन्छ भन्ने कुराको परीक्षण सरकारले गरिरहेको छ,’उनले भने,’यदि यो परीक्षण सफल भयो भने चुनाव त धेरै टाढाको कुरा हो। दलहरूले आफ्नो नियमित गतिविधि र छलफलसमेत गर्न नपाउने स्थिति बन्छ।’

बुधबार प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभा निर्वाचनबारे दलहरूसँग छलफल गरेकी हुन्। एमालेका प्रतिनिधि भने छलफल नसकिँदै बाहिरिएका थिए।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : २० बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले