वर्तमान प्रहरी नेतृत्व अब एक्सनमा जान्छ: प्रधानमन्त्री « Khabarhub

वर्तमान प्रहरी नेतृत्व अब एक्सनमा जान्छ: प्रधानमन्त्री


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले प्रहरीको नयाँ नेतृत्व अब ‘एक्सन’मा जाने बताएकी छन्।

बुधबार सिंहदरबारमा भएको सर्वदलीय बैठकमा उनले प्रहरीमा नयाँ नेतृत्व आइसकेको र संगठन अब पूर्णरूपमा ‘एक्सन’मा जाने अवस्थामा रहेको बताएकी हुन्।

उनले सरकारका कारण प्रहरीको मनोबल खस्किएको आरोपको पनि प्रतिवाद गरिन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘प्रहरीको मनोबल हामीले दुई महिनामा खस्काएका होइनौँ। हिजो गैरघातक सामग्री र अरू बन्दोबस्तीका सामान नदिने काम हामीबाट भएको होइन।’

उनले अहिलेको सरकारले कुनै पनि फाइल मन्त्रालयमा नअड्काएको जिकिर गरिन्।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : २३ बजे

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट