मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख बढी पर्यटक « Khabarhub

मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख बढी पर्यटक


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनाको अवधिमा दुई लाख दुई हजार ३५१ जना पर्यटक भित्रिएका छन् ।

चालु आवको साउनदेखि कात्तिक मसान्तसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै एक लाख ६० हजार ९२९ जना आन्तरिक र ४१ हजार ४३० जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालु आवको साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९ जना र कात्तिक महिनामा ८३ हजार ७६६ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

यसअघि आव २०८१/८२ मा राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै सात लाख पाँच हजार ७७९ हजार आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष पाँच लाख ५५ हजार ३२६ जना आन्तरिक र एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।

मुस्ताङमा गत वर्षको कूल पर्यटक सङ्ख्याको तुलनामा चालु आवको पहिलो चार महिनामा २८ दशमलव ७६ प्रतिशत पर्यटक मुस्ताङ भित्रिएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।तर, चालु आवको पहिलो चौमासिकमा युवाको जेनजी आन्दोलन र प्रतिकूल मौसमका कारण मुस्ताङको पर्यटनमा आंशिक असर पु¥याएको थियो ।

पछिल्लो समय राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको मुस्ताङ आगमन वृद्धि भइरहेको छ । यहाँको कोरला सडकअन्तर्गत म्याग्दीको बेनीदेखि मुक्तिनाथसम्म दुई तिहाइ स्थानको सडक कालोपत्र सम्पन्न भइसकेकाले पनि मुस्ताङमा पर्यटक आगमन वृद्धि भइरहेको हो । मुक्तिनाथ दर्शनका लागि यहाँ आएका पर्यटकमध्ये एक तिहाइ पर्यटक माथिल्लो मुस्ताङ र कोरला नाका भ्रमणका लागि जाने गरेका छन् ।

नेपाल–चीन बहुचर्चित कोरला नाका तथा लोमान्थाङ दरबार, झोङ गुफालगायत माथिल्लो मुस्ताङका सदियौँ वर्ष पुराना गुम्बा, माने, छोर्तेन, मानव निर्मित गुफालगायत माथिल्लो मुस्ताङको भौगोलिक तथा जैविक विविधता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए ।

चालु आर्थिक वर्षदेखि पर्यटन मन्त्रालयले उपल्लो मुस्ताङको हिमचुचुराको आरोहरण खुला गरिएकाले विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको उनको भनाइ छ । यसैगरी, मुक्तिनाथ दर्शन गर्न आएको आन्तरिक पर्यटकले कागबेनी धाममा दिवङ्गत पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदान गर्ने भएकाले आन्तरिक पर्यटक वृद्धि भएको पाइएको हो ।

यसैगरी लमजुङको बेँसी सहरबाट मनाङ हुँदै मुस्ताङ भित्रिने विदेशी पर्यटक जोमसोमबाट हवाईमार्ग हुँदै फर्किने गर्छन् । मुस्ताङ आउने पर्यटकले यहाँको ढुम्बाताल, यारुझो भ्युटावर, जोमसोम बजार, मार्फा गाउँलगायत अवलोकन गर्न छुटाउँदैनन् ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : २७ बजे

सरकारका प्रवक्ता भन्छन् : लिपुलेक हाम्रो भूमि हो, कूटनीतिक नोट पठाइसकेका छौँ

काठमाडौं- सरकारका प्रवक्ता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित

सौराहामा पर्यटकको आगमन बढ्यो, व्यवसायी उत्साहित

चितवन– सातामा दुई दिन बिदा भएसँगै यहाँका पर्यटकीय क्षेत्रहरू चलायमान

उपल्लो मुस्ताङमा देखिए जंगली गधा

मुस्ताङ– नेपाल–चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ–१ ढालुङ र सेतारा

फिल्मबाट राजनीतिमा होमिएका विजयको चमत्कार, पहिलो निर्वाचनमै तामिलनाडुमा बहुमततिर टीभीके

नयाँदिल्ली- दक्षिण भारतीय सुपरस्टार जोसेफ विजय चन्द्रशेखरले राजनीतिमा पनि चमत्कारिक

सुदूरपश्चिमलाई हराउँदै बागमतीलाई राष्ट्रिय बेसबलको उपाधि

काठमाडौँ – बागमती प्रदेशले दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि