तनहुँमा बोलेरो जिप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते « Khabarhub

तनहुँमा बोलेरो जिप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका चितवन जिल्ला इच्छाकामना गाउँपालिका–५ निवासी वर्ष ३१ का पुष्पलाल श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

उक्त दुर्घटनामा परी पाँच जना गम्भीर घाइते भएका छन् । धार्मिक पर्यटकीयस्थल छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बोलेरो जिप सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ । से१च ६५१ नम्बरको बोलेरो गाडीमा सवार ११ जनामध्ये पाँच जना सकुशल रहेको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिए ।

अन्य घाइते हुनेमा चितवन इच्छाकामना गाउँपालिका–२ बस्ने २० वर्षीया दोमाया गुरुङ, सोही स्थान निवासी २६ वर्षीय जीतबहादुर गुरुङ, १६ वर्षीया भावना गुरुङ, २५ वर्षीय अचित गुरुङ र कालिका नगरपालिका–८ निवासी वर्षीया ३४ की सरस्वती गुरुङ घाइते भएका छन् । घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : ३० बजे

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु

कोलम्बो- श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौँ विस्थापित

न्होम्पेन– कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन