तनहुँमा बोलेरो जिप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते « Khabarhub

तनहुँमा बोलेरो जिप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका चितवन जिल्ला इच्छाकामना गाउँपालिका–५ निवासी वर्ष ३१ का पुष्पलाल श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

उक्त दुर्घटनामा परी पाँच जना गम्भीर घाइते भएका छन् । धार्मिक पर्यटकीयस्थल छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बोलेरो जिप सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ । से१च ६५१ नम्बरको बोलेरो गाडीमा सवार ११ जनामध्ये पाँच जना सकुशल रहेको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिए ।

अन्य घाइते हुनेमा चितवन इच्छाकामना गाउँपालिका–२ बस्ने २० वर्षीया दोमाया गुरुङ, सोही स्थान निवासी २६ वर्षीय जीतबहादुर गुरुङ, १६ वर्षीया भावना गुरुङ, २५ वर्षीय अचित गुरुङ र कालिका नगरपालिका–८ निवासी वर्षीया ३४ की सरस्वती गुरुङ घाइते भएका छन् । घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : ३० बजे

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।

चाडबाड हुने ठगी नियन्त्रण गर्न कोशीका १० स्थानमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– चाडवाडका बेला यात्रु तथा अन्य सर्वसाधारणमाथि हुने ठगी र