प्राकृतिक विपत्तितर्फको बीमा भुक्तानी ११ करोड १५ लाख « Khabarhub

प्राकृतिक विपत्तितर्फको बीमा भुक्तानी ११ करोड १५ लाख


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविरल वर्षा तथा बाढीपहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिको हालसम्म रु ११ करोड १५ लाख बराबरको बीमा रकम भुक्तानी भएको छ ।

बीमा प्राधिकरणका अनुसार गत असोज १८ गतेयताको अविरल वर्षा तथा बाढीपहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा निर्जीवन बीमा कम्पनीमा कुल ७९० वटा प्रारम्भिक बीमादाबी परेको थियो । त्यसमा कुल रु चार अर्ब १८ करोड २६ लाख प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा कुल ९६ वटा दाबीको भुक्तानी भएको प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले जानकारी दिए ।

विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र दुईवटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीबाट सम्पत्ति बीमातर्फ ४१७ वटा प्रारम्भिक दाबीमध्ये ३३ वटाको भुक्तानी भएको छ । सम्पत्ति बीमामा तीन अर्ब ५८ करोड ३२ लाख बराबरको दाबी परेको थियो ।  प्राधिकरणका अनुसार सो दाबीमा रु नौ करोड ६४ लाख बराबरको भुक्तानी भएको छ ।

त्यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०७ वटा बीमा दाबीको करिब रु ५१ करोड ५७ लाखमध्ये कुल सातवटा दाबीको रु नौ लाख बीमितलाई भुक्तानी भएको छ । कृषि तथा बाली बीमातर्फ २१० वटा बीमा दाबी परेको थियो । त्यसमा करिब रु चार करोड १४ लाख दाबी रकममध्ये कुल ४२ वटा दाबीको १९ लाख भुक्तानी भएको छ ।

यस्तै, मोटर बीमा (निजी)तर्फ ४० वटा बीमा दाबीको करिब दुई  करोड ८२ लाख दाबी रकममध्ये कुल १२ वटा दाबीको रु एक  करोड २० लाख भुक्तानी भएको छ । सामुद्रिक बीमातर्फ चारवटा बीमा दाबीको ११ लाख प्रारम्भिक बीमा दाबी रकममध्ये दुईवटा दाबीको रु तीन लाख दाबी रकम बीमितलाई भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
 
यस्तै, मोटर बीमा (सार्वजनिक)तर्फ १० वटा दाबीको रु एक करोड १९ लाख र लघुबीमातर्फ दुईवटा दाबीको रु १२ लाख बीमा दाबी रकमको भुक्तानी प्रक्रिया भने हालसम्म सुरु नभएको अद्यावधिक जानकारी निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ ।
 

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ७ : ०५ बजे

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको

अष्ट्रेलियामा इन्धन आयातमा सरकारी ग्यारेन्टी दिने घोषणा

एजेन्सी– मध्यपूर्वमा भइरहेको सङ्घर्षका कारण प्रभावित आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित

गृहमन्त्रीले भने : भीआईपीका नाममा सडकमा नागरिकलाई सास्ती नदिनू

काठमाडौं- गृहमन्त्री सुधन गुरूङले नागरिकलाई सास्ती हुनेगरी मन्त्रीहरूकाे सवारीलाई विशेष

एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं – नेकपा एमालेका पूर्वसांसद् कर्णबहादुर मल्ल बलात्कार आरोपमा पक्राउ