रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई « Khabarhub

रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रिहा गर्ने अदालतको आदेश स्वागतयोग्य भएको बताएका छन् ।

उनले अदालतले धरौटीमा रिहा गरेर मुद्दा अघि बढाउने गरी गरेको आदेश स्वागतयोग्य भएको बताएका हुन् । उनले यो निर्णय सहकारी पीडितको हितमा भएकोसमेत बताएका छन् ।

‘अदालतद्वारा सशर्त धरौटीमा रिहा गर्ने गरी मुद्दा अघि बढाउन गरिएको निर्णय विधिको शासन, सहकारीपीडितको हित र राजनीतिक उपयुक्तता सबै हिसाबले स्वागतयोग्य छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

डा. भट्टराईले यसले उनलाई विधिसम्मत तरिकाले आफ्नो निष्ठा प्रमाणित गर्ने, जनताबीच गएर जनअनुमोदन प्राप्त गर्ने अवसर दिनेसमेत उल्लेख गरेका छन् ।

यो निर्णयसँगै सहकारी पीडितहरूले पनि आफ्नो गहिरो पीडाको सम्बोधन कानूनी रूपबाटै प्राप्त गर्ने मार्ग प्रशस्त गरेको उनको बुझाइ छ ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ८ : ४९ बजे

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य