समानुपातिक उम्मेदवार छनोट गर्न आजपाले बनायो कार्यदल « Khabarhub

समानुपातिक उम्मेदवार छनोट गर्न आजपाले बनायो कार्यदल


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आम जनता पार्टी (आजपा)ले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक तर्फको उम्मेदवार छनोट गर्न कार्यदल गठन गरेको छ ।

आजपा सहअध्यक्ष तिलक थापामगरको नेतृत्वमा गठन भएको कार्यदलमा उमेश कुशवाहा र रन्जु साह रहेका छन् । तीन सदस्यीय कार्यदलले आगामी निर्वाचनका लागि समानुपातिक तर्फको नामावली छनोटका लागि कार्य गर्ने छ ।

पार्टीको विधान, नीति, विचारलाई पालना गर्दै सक्रिय रहेका, पार्टी निर्माणमा योगदान गरेका, पार्टीद्धारा विगतमा घोषित विभिन्न आन्दोलनमा योगदान गर्ने लगायतका मापदण्ड अनुसार समानुपातिक तर्फको उम्मेदवार छनोट गर्ने अधिकार कार्यदललाई दिइएको आजपा कार्यालय सचीव रविन्द्र सिंहले जनाएका छन् ।

यसैगरी आजपाले जिल्ला–जिल्ला, क्षेत्रबाट उम्मेदवारको सिफारिस गर्न समेत निर्देशन दिएको छ । २१ फागुनमा हुने निर्वाचन केन्द्रित छलफलमा प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवार छनोट बारेमा बैठकले निर्णय गरेको हो।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ९ : ०२ बजे

मेयर छोडेको दुई महिनामै प्रधानमन्त्री बने बालेन्द्र (तस्बिरहरू)

काठमाडौं- २०७९ वैशाखको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वािचत बालेन्द्र शाह

कांग्रेसले ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सदस्यका

बालेन सरकार : प्रधानमन्त्रीसहित सबै मन्त्रीले लिँदै शपथ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा

विकासे मन्त्रालय खोजेपछि अमरेश ‘आउट’, बालेनले नै राखे उद्योग मन्त्रालय

काठमाडौं- विकासे मन्त्रालय खोजेपछि डा. अमरेश सिंह अन्तिम समयमा मन्त्रीको

बालेनका विश्वास पात्र लमसाललाई भौतिक मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आफ्ना विश्वासपात्र सुनिल लम्साललाई भौतिक